प्रवासि नेपाली मंच बेल्जियमको डा. पाठक सँग अन्तर्कृया,

0

नेकपा एमालेका नेता एबम पूर्व प्रतिनिधि सभा सदस्य डा. सुर्य पाठकलाई प्रवासि नेपाली मंच बेल्जियमले स्वागत तथा सम्मान गरेकोछ ।

युरोप भ्रमणका क्रममा बेल्जियम आएका पाठकको स्वागत र सम्मानका लागि भेला भएका बेल्जियमका नेकपा एमालेका कार्यकर्ताहरुले उहा सँग समसामयिक बिषयमा अन्तर्कृया पनि गरेका छन ।

कार्यक्रममा उपस्थित पार्टिका प्रवासी कार्यकर्ताहरुले गैर अवासीय नेपाली नागरिकता, सम्पत्तिको अधिकार लगायत पार्टी संगठनका बिषयमा  डा. पाठकसंग जिज्ञासा राखेका थिए ।

आफ्नो सम्मानका लागि प्रवासी नेपाली मंच बेल्जियम परिवारलाई धन्यवाद दिदै डा. पाठकले नेपालको संविधानको भावना अनुरुप गैरआवासीय नेपालीहरुले राजनीतिक बाहेकको सबै अधिकार प्राप्त गर्ने बताए ।

उनले गैरआवासीय नेपाली नागरिकता लिए पछि त्यसको कार्यान्वयनमा भएको दुविधा प्रति वर्तमान सरकारले समाधानको बिशेष पहल थालेको जानकारी दिदैं एनआरएन नागरिकता पूर्णरुपमा लागू गर्न आफूले विशेष पहल गर्ने प्रतिबद्धता जनाए ।

मंचका अध्यक्ष बिनोद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रवासी नेपाली मंच अन्तराष्ट्रिय कमिटिका सदस्य शिव बरुवाल, युरोप सचिव शलिक थपलिया, पूर्व अध्यक्ष अर्जुन गुरुङ लगायतले आ-आफ्ना भनाई राखेका थिए ।

कार्यक्रममा प्रवासी नेपाली मंच बेल्जियमका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । सो कार्यक्रमको संचालन मंचका सचिब बुद्धि बरालले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.