डलरको भाउ निरन्तर वृद्धि, आज फेरि नयाँ रेकर्ड

0

डलरको भाउले निरन्तर तेस्रो दिन नयाँ रेकर्ड बनाएको छ । अस्ति मङ्गलवार रेकर्ड बनाएको डलरको भाउले हिजो त्यो रेकर्डलाई तोडेको थियो भने आज फेरि डलरको भाउले हिजोको रेकर्ड तोडेको छ ।

नेपाल राष्ट्र बैंकले आजको लागि डलरको बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा र खरिददर १३४ रुपैयाँ ४ पैसा तोकेको छ । हिजो बुधवार डलरको बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा र खरिददर १३४ रुपैयाँ ४ पैसा थियो । हिजोको तुलनामा आज डलरको भाउ १ पैसा बढेर नयाँ रेकर्ड बनाएको हो ।

अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर बन्दै गइरहेका कारण नेपाली रुपैयाँ कमजोर भएको हो । भारतीय रुपैयाँसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर रहेकाले भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ समेत कमजोर हुने गर्छ ।

डलरको भाउ महँगाे हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई केही फाइदा हुन्छ । तर नेपालको आयातको हिस्सा धेरै भएकोले डलर महँगिदा बेफाइदा बढी हुन्छ । आयातको भुक्तानी डलरमा गरिने भएकोले डलर महँगाे हुँदा बढी रकम तिर्नुपर्छ ।

Leave A Reply

Your email address will not be published.