सशस्त्रको गोदाममा आगलागी : ९ जनालाई कारबाही, एसपीको ४ वर्ष बढुवा रोक्का

0

काठमाडौं \ सशस्त्र प्रहरी बल प्रधान कार्यालयको गोदाममा भएको आगलागी घटनामा दुई एसपीसहित बलका ९ कारबाहीमा परेका छन् ।

कारबाही पर्नेमा दुई जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी), एक डीएसपी, २ इन्सपेक्टर, एक सई, २ असई र एक जवान छन् ।

स्रोतका अनुसार एसपी राजेन्द्र श्रेष्ठको बढुवा चार वर्षसम्म रोक्का गरिएको छ । सशस्त्रको बलम्बुस्थित नम्बर ९ पशुपति बाहिनी परिसरभित्र २६ चैत २०८० मा आगलागी हुँदा श्रेष्ठ सशस्त्रको भण्डारण महाशाखाका प्रमुख थिए ।

भण्डारणको जिम्मा पाएका श्रेष्ठले गोदामको सुरक्षा गर्न नसकेको निष्कर्षसहित छानबिन समितिले एसपी श्रेष्ठलाई कारबाहीका लागि सिफारिस गरेको थियो । त्यसपछि सशस्त्र हेडक्वाटरले स्पष्टीकरण सोध्यो सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ११८ मा सजाय दिनु पहिला स्पष्टीकरण सोध्नुपर्ने उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.