नुवाकोटमा हेलिकप्टर दुर्घटना : पाँच जनाको मृत्यु

0

नुवाकोट \  नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचाैरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

दुर्घटनास्थलमा जलेको अवस्थामा भेटिएको हेलिकप्टरबाट एक महिला र चार पुरुषको शव निकालिएको नुवाकोटका डिएसपी तिलक भारतीले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

हेलिकप्टरमा  सवार पाँच जनामध्ये चार जना चिनियाँ नागरिक भएको खुलेको छ । काठमाडौँबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडेको (९ एन एजेडी) दुर्घटनाग्रस्त भएको हो । उक्त हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाउनु भएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बुधबार दिउँसो १ः५४ मा हेलिकप्टर काठमाडौँबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडेको थियो । हेलिकप्टर उडेको तीन मिनेटमै काठमाडौँ टावरसँग सम्पर्क विच्छेद भएको थियो । हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचाैरमा दुर्घटना भएको हो ।

दुर्घटना लगत्तै उद्धारका लागि प्रभु हेलिकप्टर कम्पनीको (९ एन–एएनएल) हेलिकप्टर दुर्घटनास्थलमा पुगेको छ ।

Leave A Reply

Your email address will not be published.