एनआरएन बेल्जियमद्वारा अनलाइन नेपाली भाषा कक्षाको सुरुवात ,

0

गैर आबासीय नेपाली संघ बेल्जियमले प्रत्यैक आइतबार बालबालिकाका लागि नेपाली भाषा कक्षा सुरु गरेकोछ । अनलाइन माध्यमबाट पढाई हुने यस कक्षामा बेल्जियममा बसोबास गर्ने नेपाली मुलका करीब ३२ बालबालिकाहरु सहभागि भएकाछन ।

आईतवारको पहिलो कक्षामा एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाले भाषा कक्षाको सफलताको शुभकामना दिदै सहभागि बालबालिकाहरुलाई कक्षामा सकृय सहभागि भै आफ्नो मात्री भाषामा बोल्न लेख्न सक्ने बन्न आग्रह गर्नु भयो ।

एनआरएनए बेल्जियमले संचालन गर्ने यस भाषा कक्षाको सहजिकरण संस्था उपमहासचिब एबम टास्कका संयोजक राजेन्द्र कार्कीले गर्नु भएको थियो ।

एनआरएनए बेल्जियमका उपाध्यक्ष कासी दनैले बच्चाहरुले आफ्ना अबिभाबक संगै बसेर भाषाको ज्ञान हासिल गर्न पाउनु राम्रो उपलब्धी हो भन्दै विद्यार्थीको संख्या भबिस्यमा अझै बढ्नेछ भन्नु भयो ।

भर्चुअल जूमबाट भएको कक्षामा बालबालिकालाई उनिहरुका अबिभाबकहरुले संगै रहेर सहजिकरण गरेका थिए । आफनै घरमा बसेर नेपालका शिक्षकहरुबाट आफ्ना सन्तानलाई नेपाली भाषा सिक्ने अबसर सिर्जना गरेकोमा अबिभाबकहरुले एनआरएनए बेल्जियमलाई धन्यवाद दिदै खुशी ब्यक्त गरेकाछन ।

हरेक सप्ताहान्तमा हुने कक्षामा नेपालबाट प्रशिक्षक द्वय लक्ष्मी प्रशाद आचार्य र तारा गिरीले भाषा सिकाउनु हुनेछ ।

Leave A Reply

Your email address will not be published.