गुरु छोग्याल रिम्पोछेको उपदेश , हरेक काम ध्यान लगाएर गर, जीबनमा कहिल्यै दु:ख हुँदैन,

0

बौद्ध धर्म गुरु छोग्याल रिम्पोछेले ध्यान साधनाको प्रयोगले मानिसले जीबनलाई खुशी राख्न र विश्वलाई शान्त र सम्ब्रिद्ध बनाउन सक्छ भन्नु भएकोछ । बेल्जियममा आर्यतारा समुहले आयोजना गरेको धर्म देशना कार्यक्रममा साधक साधिकाहरुलाई ध्यानको प्रयोग गराए पछि उहाले उक्त कुरा बताउनु भएको हो ।

भगवान गौतम बुद्धले सफल जीबनका लागि दिनु भएका चार आर्य सत्य ” जीबनमा दु:ख छ, दु:खको कारण छ, कारणको निबारण पनि छ, र त्यस पछि मुक्तिको मार्ग छ,” का बारेमा सरल भाषामा बुझाउनु भएको थियो । बौद्ध साधनाका अष्टाङ्गिक मार्ग सील,समाधी र प्रज्ञाको लागि कसरी आफुलाई तयार बनाउने बारेमा पनि सिकाउनु भयो ।

गुरु रिम्पोछे द्वारा बौद्ध धर्म शास्त्रमा उल्लेख भएको जीबनपयोगी उपदेश दिए पछि उपस्थित धर्म साधक साधिकाहरुलाई आनापानको अभ्यास गराउनु भएको थियो ।

गुरु रिम्पोछेलाई सुरुमा आर्यतारा समुहका सदस्यहरु र लामा गुरुहरु पासाङ्ग लामा र लाक्पा लामाले मन्डला अर्पण गरि धर्म देशना सुरु गर्न र समापन गर्न प्रार्थना गरिएको थियो ।

कार्यक्रममा उपस्थित गुरु एबम लामाहरु लगायत श्रावकहरुलाई आर्यातारा समुहकी उमा गुरुङले स्वागत गर्दै कार्यक्रम आयोजना गर्न सहयोग गर्ने सहयोगदाता र स्वयमसेवकहरुलाई धन्यवाद दिनु भएको थियो ।

गुरु रिम्पोछेको प्रबचन सुन्न बेल्जियम, जर्मनी नेदरल्यान्ड लगायतका देशबाट भक्तजनहरुको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.