बौद्ध धर्म गुरु छोग्याल रिन्पोछे बेल्जियम आउँदै,

0

नेपालका प्रसिद्ध बुद्ध धर्मका गुरु छोग्याल रिम्पोछे आगामी अगस्त ३ तारिख बेल्जियमको एन्तवेरपेन शहरमा हुने ध्यान साधना सिबिरका लागि बेल्जियम आउनुहुने भएकोछ ।

बेल्जियमको आर्यतारा समुहले आयोजना गरेको एक दिवसीय “महामुद्रा बौद्ध ध्यान साधना” सिबिरमा उहाले बुद्धका उपदेश, मानिसले पालन गर्नु पर्ने चार आर्य सत्यका बारेमा बर्णन गर्नुका साथै महामुद्रा ध्यानको अभ्यास गराउनु हुनेछ ।

कार्यक्रममा गुरु सँग प्रश्नोत्तरको सेसन पनि भएकोले दर्शनार्थिहरुले आफुलाई परेको समस्याका बारेमा प्रश्न गर्न सक्नेछन ।

पांच बर्षको उमेरबाट बौद्ध दर्शनको अध्ययन गर्न सुरु गर्नु भएको गुरु छोग्यालले विश्वका बिभिन्न बौद्ध गुम्बा र विश्वबिध्यालयबाट शिक्षा र ज्ञान आर्जन गर्नु भएकोछ ।

स्विजरल्यान्डबाट मनोबिज्ञानमा डीप्लोमा गरेका छोग्यालले बिआरआई फाउन्डेसन र बिआरआई इन्स्टिच्युटको स्थापना गरेर नेपाल,चीन र भारतमा बिभिन्न सेवामुखी संस्था र बिद्यालय स्थापना गरि शिक्षादान र अपाङ्गता भएकाहरु लागि सिपमुलक तालिम,शिक्षक तालिम, बौद्ध गुम्बाको निर्माण र संरक्षण जस्ता परोपकारी कर्म गरि राख्नु भएकोछ ।

गुरु छोग्यालले संसार भरी बुद्ध ज्ञानको प्रचार गर्नुका साथै अनलाइन माध्यमबाट पनि ध्यान र बुद्ध दर्शनको कक्षाहरु संचालन गर्ने गर्नु भएकोछ ।

कार्यक्रममा निशुल्क प्रबेश र प्रशाद बितरण हुने आयोजक समुहकी उमा गुरुङले जानकारी गराउनु भएकोछ ।

अर्थपूर्ण जीबन जिउन सिकाउने यस महत्वपूर्ण कार्यक्रममा उपस्थित भएर ध्यान बिधि सिक्न र आध्यात्मिक ज्ञान लिन आयोजक समुहले बेल्जियमबासी नेपाली समुदायलाई अनुरोध गरेकोछ ।

Leave A Reply

Your email address will not be published.