टाईगर प्यालेसले समयमा क्यासिनोको लाईसेन्स नपाउँदा क्यासिनो बन्द, सरकारलाई करोडौको क्षति, ४ सयको रोजगारी गुम्दै,

0

गैरआवासीय नेपालीहरुको लगानी रहेको भैरहवामा संचालित पाँचतारे होटेल टाइगर प्यालेसमा क्यासिनो संचालन गर्न समयमा इजाजत नपाउँदा लगानीकर्ताले ठुलो आर्थिक क्षति व्यहोर्नुपरेको छ ।

करिव ४ अर्व भन्दा बढी लगानी गरेर खरिद गरेको टाइगर प्यालेस रिसोर्टमा संचालित क्यासिनो गत साउन १ गतेदेखि बन्द छ । क्यासिनो वन्द हुँदा रिसोर्टलाई मासिक २ करोड भन्दा बढिको क्षति हुने संचालकहरुको भनाइ छ ।

संचालकहरुको आर्थिक क्षतिमात्र होइन करिव ४ सयको रोजगारी गुम्ने भएको छ भने करोडौको सरकारी राजश्व पनि गुमिरहेकोछ  ।

टाईगर प्यालेसले रोयल टाइगर रिक्रियसन प्रालिलाई लिजमा क्यासिनो संचालन गर्न दिनेगरि गत बैसाखमै सहमति प्रदान गरेको थियो । क्यासीनो अनुमति आबेदक कम्पनी रोयल टाइगर रिक्रियसन प्रालिले नियमानुसार प्रकृया पुर्याई तोकिएको समयमा आबेदन गरेको थियो ।

गत आषाढ मसान्तसम्म एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालिको नाममा क्यासिनोको लाईसेन्स रहेको थियो । जसमा सिल्भर हेरिटेज इनभेष्टमेन्ट प्रालिको ९० प्रतिशत र टाईगर काठमाडौ इनभेष्टमेन्ट प्रालिको नाममा १० प्रतिशत शेयर रहेको थियो ।

एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालिले कोभिडका कारण लामो समयसम्म क्यासनो संचालन गर्न नपाउँदा सरकारलाई तिर्ने करिव ५१ करोड राजश्व तिर्न सकेको थिएन । त्यसका अलावा काठमाडौमा संचालित सांग्रिलाको क्यासिनोको भाडा, टाइगर प्यालेसमा संचालित क्यासिनोको भाडा तथा अन्य बक्यौता गरि धेरै रकम तिर्नुपर्ने भएका कारण आफैले क्यासिनो संचालन गर्न नसक्ने अवस्था भएकाले संचालकहरु क्यासिनो संचालन नगर्ने निर्णयमा पुगेको थिए ।

एसएमएसके कम्पनि गत आर्थिक बर्षमा १ अर्व २० करोड घाटामा थियो । सोहि घाटा पुर्ति गरि कम्पनि नाफामा लैजान कठिन भएको भन्दै सवै शेयरधनिको सहमतिमा साधारण सभाले कम्पनि बन्द गर्ने निर्णय गरेको थियो । सो साधारण सभामा सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रालीको तर्फबाट संचालकहरु बुद्धीसागर सुबेदी र दिपक गौतम तथा टाइगर काठमाडौं इनभेष्टमेण्ट प्रालिको तर्फबाट संचालक सदस्य संचित श्रेष्ठको हस्ताक्षर रहेको थियो ।

साधारणसभाको सोहि निर्णय बमोजिक एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालिले आव २०८१।८२ कालागी क्यासिनो नविकरणको आबेदन गरेको थिएन भने रिसोर्ट संचालक टाइगर वान कम्पनिलाई समयमै आफुले क्यासिनो संचालन गर्न नसक्ने जानकारी थियो । १० प्रतिशत शेयर रहेको टाइगर काठमाडौ इन्भेष्टमेन्ट प्रालिका तर्फबाट संचालक सदस्य संचित श्रेष्ठले सरकारलाई बुझाउनुपर्ने राजश्व र अन्य दायित्व लिनुभन्दा एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालिलाई बन्द गर्न अनुरोध गरेका थिए ।

उनकै प्रस्ताव अनुरुपमा एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालि बन्द गर्न संचालक सदस्यहरु बुद्धिसागर सुबेदी र दिपक गौतम सहमत भएका हुन् । नेपालको नियमकानुन अनुसार काम गर्ने र नेपालको विकासमा टेवा पुर्याउने असल नियतका साथ गएका गैरआवासीय नेपाली संघ अमेरीकाका निबर्तमान अध्यक्ष बुद्धीसागर सुबेदीको समुहले इमान्दारीपुर्वक लाभ कर, र क्यासिनोको बक्यौताबापतको करिव ५५ करोड नेपाल सरकारलाई बुझाइसकेको छ ।  कोभिडको समयमा क्यासिनो बन्द भएर तलब नपाएका टाइगर प्यालेसका मजदुरको समस्या समेत हल गरेको छ ।

काठमाडौमा रहेको होटेल सांग्रिाला हाल संचालनमा नभएका कारण त्यहाँका मजदुर समस्या समाधान गर्न कठिन भएको संचालकको भनाई छ यद्यपी टाइगर वानमा भएको श्रमिक समस्या भने हल भएको छ । नियमित रुपमा व्यावसाय संचालनमा आएमात्र अन्य समस्याहरु समाधान हुँदै जानेछन, तर व्यावसाय नै बन्द गरेर त राज्यले के पाउला र ? अध्यक्ष सुबेदीले गुनासो गरे ।

कम्पनी संचालकहरु र पर्यटन विभागका  उच्च सरकारी अधिकारीहरुलाई नाजायज र कपोकल्पित आरोप लगाएर झुटा समाचार फैलाई रहेका बिरुद्ध साइबर व्युरो र नेपाल प्रेस काउन्शिलमा  उजुरी दिने तयारी रहेको संचालक दिपक गौतमले बताएका छन ।

नेपाली प्रेसको निष्ठालाई गिराउन खोज्ने माफिया र  प्रयोग भएका मिडिया संचालक विरुद्ध जस्तोसुकै कदम चाल्न पनि आफुहरु तयार रहेको संचालक गौतमको भनाई छ ।

Leave A Reply

Your email address will not be published.