बेल्जियमको आगामी चुनावमा भोट हाल्नका लागि नाम दर्ता गर्ने समय जुलाई अन्त्य सम्म,

0

बेल्जियममा आगामी अक्टोबरमा हुने स्थानीय निर्वाचनका लागि यहाँ बसोबास भएका तर यहाँको नागरिकता नभएका ब्यक्तिले पनि भोट हाल्न पाउनेछन । बेल्जियमको स्थायि बसोबास अनुमति (रेसिडेन्सी कार्ड) भएका र युरोपियन युनियनका देशको पासपोर्ट भएर यहाँ बसोबास गरेका ब्यक्तिले मतदाता बन्नका लागि यही जुलाई अन्तिम सम्म निर्वाचन आयोगको वेबसाइटमा गएर आफ्नो नाम दर्ता गर्न सकिनेछ ।

बेल्जियमका ब्रुज र लुभेन शहरबाट आगामी निर्वाचनमा नेपाली मुलका उम्मेद्वारहरु पनि उठेकोले यहाँ बसोबास भएका नेपालीहरुले मतदाता बनेर उनिहरुलाई सहयोग गर्न सक्नेछन ।

समय थोरै भएकोले आफु र आफ्नो साथीभाईहरुलाई यस बिषयमा जानकारी गराई सहयोग गर्नु हुन नेपाली मुलका उम्मेद्वारहरुले बिशेष अनुरोध गरेकाछन । लुभेन नगरपालिका सदस्यका लागी यस अघि नगरपालिका सदस्य रहेका कृष्ण क्षेत्री र सुर्य ढकाल उम्मेद्वार हुनुहुन्छ भने ब्रुज नगरपालिका सदस्यका लागि रमेश कडेल र प्रज्ञा तिमील्सिना उम्मेद्वार हुनुहुन्छ ।

लुभेनमा गंगा शर्मा र एनतवेरपेनबाट बालेन्द्र गुरुङलाई पनि उम्मेद्वार बन्न प्रस्ताब भए पनि उहाहरुले अझै निर्णय गरी सक्नु भएकोछैन ।

आफ्नो कर्म भुमिमा आफ्नो भाषा बोल्ने र आफ्ना समस्याहरु सँग परिचित भएको ब्यक्ति स्थानीय नगरपालिकामा निर्बाचित भएमा नेपाली समुदायलाई धेरै किसिमको सहयोग पुग्ने भएकोले यस अभियानमा साथ दिनु हामी सबैको कर्तब्य हो ।

नेदरल्याण्ड भाषामा साधारण दख्खल भएको र कम्प्युटर र मोबाईल चलाऊन सक्ने ब्यक्तिले निर्वाचन आयोगको वेब साइट https://www.vlaanderen.be/vlaanderen-kiest मा सजिलै दर्ता हुन सकिन्छ । केही सहयोग चाहिएमा आफ्नो नगरपालिकाको उम्मेद्वारहरु सँग संपर्क गरेमा सहयोग पाउन सकिनेछ ।

Leave A Reply

Your email address will not be published.