गेन्ट शहरका मेयर क्लेर्क द्वारा पुरी एसोसियसनको उद्घाटन,

0

बेल्जियममा परोपकारी एबम सामाजिक गतिबिधिमा सकृय ‘पुरी एसोसियसन ‘ को औपचारिक उद्घाटन भएकोछ । केही बर्ष अघिबाट बिभिन्न सामाजिक काम गरी रहेको एसोसियसन बेल्जियममा गैर नाफामुलक गैर सरकारी संस्थाका रुपमा दर्ता भए पछि औपचारिक लन्च गरिएकोहो ।

बेल्जियमको गेन्ट शहरका मेयर माथियास द क्लेर्कले पानसमा दिप प्रज्वलन गरी संस्थाको औपचारिक उद्घाटन गर्नु भएको थियो ।

मेयर क्लेर्कले फाउन्देशनको सफलताको कामना गर्दै सांस्कृतिक साझेदारी, सामुदायिक बिकास र सान्स्कृतिक सम्बन्धको मजबुतीका लागि गेन्ट नगरपालिका संस्थालाई सहयोग गर्न सधैं तयार रहने विश्वाश दिलाउनु भयो ।

बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारीले लिखित शुभकामना सन्देशमा संस्थाको सामाजिक अभियान सफल होस भन्नु भएकोछ ।

नेपाली ब्यबसायी संघ बेल्जियमका अध्यक्ष चिरन कुमार खवास, नेपाली ब्यवसाय संघ युरोपका संयोजक यामु निरौला र एन आरएनएनए बेल्जियमका उपाध्यक्ष लोकेन्द्र नेपाल पुरी एसोसियसनले लिएको उद्यस्यमा सफल भएर नेपाललाई सहयोग गर्न र बेल्जियमको नेपाली समुदाय र बेल्जियन समुदाय बिचको सम्बन्ध बलियो बनाउन सकोस भनेर शुभकामना दिनु भयो ।

संस्था स्थापनाको उद्यस्य र अभियानका बारेमा एसोसियसनका अध्यक्ष बेदराज पुरीले अतिथिहरुलाई जानकारी गराउनु भएको थियो ।

कोरोना महामारिको बेला एसोसियसनले करीब ४५ हजार युरो बराबरको अक्सिजन प्लान्ट स्थापना र अन्य परोपकारी काममा सहयोग र साझेदारी गरेकोमा नेपाल सरकार, एनआरएनए बेल्जियम, संस्थाका सदस्य र नेपाली समुदायलाई अध्यक्ष पुरीले धन्यबाद दिनु भयो ।

बेल्जियममा गएको बाढि पहिरो पीडितलाई सहयोग, नेपाली फुड फेस्तिबलमा सहभागिता, र्‍यापर भिटेनको साँगितिक कार्यक्रम लगायत संस्थाका गतिबिधि बारेमा पनि उक्त अबसरमा जानकारी गराइएको थियो ।

सोही अबसरमा एसोसियसनका नयाँ सदस्यता बितरण गरिएको थियो भने सदस्यहरुका लागि  ईमेल, क्लाउड र माइक्रोसफ्ट  लगायतका सुबिधाहरु प्रदान गरिएको थियो ।

आईतवार १४ जुलाईमा लेदेनबर्ग गेन्टमा भएको उक्त कार्यक्रममा उपस्थित अतिथिहरुले खानपिनका साथै संस्थाका बिबिध बिषयमा छलफल गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.