अनेसास अध्यक्षमा सर्बज्ञ वाग्ले

0

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को अध्यक्ष पदमा सर्वज्ञ वाग्ले निर्वाचित हुनुभएकोछ ।

आज सम्पन्न निर्वाचनको नतिजा अनुसार वाग्लेले ८५९ मत पाएर बिजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी बिमला निरौलाले ५९५ मत पाउनु भएकोछ ।

आज घोषित निर्वाचन परीणाम अनुसार वरिष्ठ उपाध्यक्षमा लाल गोपाल सुवेदी, क्षेत्रीय उपाध्यक्षमा अमेरिकाका लागि सुदिपभद्र खनाल, क्षेत्रीय उपाध्यक्ष एसियाको लागि सरिता अर्याल र महासचिवमा राजु सिटौला बिजयी हुनुभएकोछ ।
यस अघिनै क्षेत्रीय उपाध्यक्षमा युरोपबाट दिल्ली अंमाई,ओसियानाबाट हरी प्रशाद अधिकारी, अफ्रिकाबाट गणेश खड्का निर्बिरोध निर्बाचित भैसक्नु भएकोछ ।

महासचिबमा राजु सिटौला निर्बाचित हुनु भएकोछ ।

सचिबमा रविन शर्मा, कोषाध्यक्षमा तारा अधिकारी र सदस्यहरुमा पुष्पा खनाल, सुमन बर्षा, रत्ना सोक्सोम सुब्बा, दीप कार्की र तारा उप्रेती निर्बिरोध निर्बाचित हुनुभएकोछ ।

अनलाइन माध्यमबाट भएको निर्वाचनको आज अनलाइन लाइभ घोषणा गरिएकोथियो । प्रमुख निर्वाचन आयुक्त गुणराज लुईटेलले नतिजाको घोषणा गर्नु भएको थियो ।

अध्यक्षमा निर्बाचित वाग्ले, उपबिजेता निरौला लगायत प्रतिष्पर्धिहरुले निर्वाचन एउटा प्राबिधिक बिषय भएको र त्यो सम्पन भैसकेको अवस्थामा सबै मिलेर संस्थालाई गतिशिल बनाउने प्रतिबद्धता जाहेर गर्नु भएकोछ ।

निर्बिरोध निर्बाचितहरुको पदाधिकारीहरुको तर्फबाट युरोप उपाध्यक्ष डिल्ली अंमाईले अनेसासका अग्रज एबम सदस्यहरुलाई धन्यबाद दिनु भयो ।

निबर्तमान हुनगैरहेका वर्तमान अध्यक्ष गोवर्धन पूजा तथा पूर्व अध्यक्ष पदम विश्वकर्माले पनि छोटो मन्तव्य राख्दै नयाँ टिमलाई बधाई र शुभकामना सहित् सहभागि सबैलाई धन्यबाद ब्यक्त गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.