जुरिक नेपाली स्पोर्ट्स क्लबको तेश्रो ‘पिङ्ग पोङ्ग प्रतियोगिता’ सम्पन्न

0

जुरिक नेपाली स्पोर्ट्स क्लब (ZNSC) स्वीजरल्याण्डले “ तेर्सो पिङ्ग पोङ्ग प्रतियोगिता ” सम्पन्न गरेको छ। २०२४ जुलाई ६ शनिवारका दिन स्विट्जरल्याण्डको जुरिखमा आयोजित पिङ्ग पोङ्ग प्रतियोगितामा बासेल क्लबका प्रबिण मगर प्रथम भएकाछन ।
प्रतियोगितामा सिङ्गल तर्फ १३ जनाको सहभागी रहेको थियो भने डबल तर्फ ६ टिमको सहभागिता रहेको थियो।स्विट्जरल्याण्डको सम्पूर्ण जिल्ला तथा कान्तोनबाट डबल र सिङ्गल गरि १९ टिमले प्रतियोगितामा भाग लिएका थिए ।

गोलाप्रथा गरी सुरु गरिएको खेल नकाउट प्रणालीमा खेलाइएको थियो। सिङ्गल तर्फ फाइनलका लागि बासेल क्लब र प्रतिद्वन्द्वी जुरिख रहेको थियो रोचक खेलमा बासेल क्लबका प्रबिन मगर प्रथम र क्लबका सदस्य सदस्य केशव लिम्बु द्वितीय भए । दुबै बिजेतालाई नगद पुरुस्कार सहित् मेडल प्रदान गरिएको थियो ।

डबल तर्फ भएको घमासान खेलमा जुरिक क्लव प्रथम र दोस्रो हुन भयो । क्लबका आशिष कान्छा र आइमो प्रथम र दल पुर्जा पुन र केशब लिम्बु दोश्रो भए । उनिहरुलाई पनि नगद पुरुस्कार सहित् मेडल प्रदान गरियो ।

सिङ्गल तर्फ प्रथमलाई नगद ३००- र द्रोसोलाइ १५०- स्वीस फ्रान्क र डबल तर्फ प्रथमलाइ १५०- र द्रोसो हुनेलाइ १००- स्वीस फ्रांक नगद पुरुस्कार प्रदान गरिएको थियो।

महिला तर्फ एन्जेला लासेन प्रथम र जाल माया बुढाथोकी द्वितीय हुनु भयो । उत्कृष्ट खेल प्रदर्शन गरेकी रुपा थापा सहित बिजेता महिला खेलाडीलाई नगद तथा ट्रफी र पुरस्कार प्रदान गरिएको थियो।

मौसमको कारण ढिलाई भए पनि प्रतियोगिता उत्शाहजनक रुपमा सम्पन्न भएको छ ।

मौसमका कारण पुरस्कार बितरणमा कठिनाई भएर बितरण गर्न बाँकी भएको उपाधी नेपाली समाजको अर्को कुनै कार्यक्रममा बितरण गरिने आयोजकले जानकारी गराएकाछन ।

कार्यक्रममा उल्लासमय शहअभागीताका लागि सम्पुर्ण क्लबका सदस्य तथा खेलाडीहरु र खाना तथा अन्य ब्यबस्थापनमा सहयोग गरेका ब्यक्ति र उपस्थित दर्शकलाई जुरिक क्लबले धन्यवाद ब्यक्त गरेकोछ ।

Leave A Reply

Your email address will not be published.