जर्मनीलाई हराउदै स्पेन युरो कपको सेमी फाइनलमा

0

आयोजक राष्ट्र जर्मनीलाई २-१ ले हराएर स्पेन युरो २०२४ को सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको छ । दोस्रो हाफको ५१ औँ मिनेटमा ड्यानी ओल्मोले गोल गर्दै स्पेनलाई अग्रता दिलाए । एक गोलले स्पेन जित नजिक पुगेको अन्तिम समयमा ८९ औँ मिनेटमा फ्लोरियन व्रिट्जले गोल गर्दै जर्मनीलाई खेलमा फर्काएका थिए ।

निकै प्रतिस्पर्धात्मक बनेको पहिलो क्वार्टरफाइनल खेलमा निर्धारित समयमा टुङ्गो नलागेपछी दुई देशको खेल अतिरिक्त समयमा पुगेको थियो ।

अतिरिक्त समयको पनि अन्तिम मिनेटमा ड्यानी ओल्मोको पासमा गोल गर्दै मिकेल मेरिनोले स्पेनलाई जित दिलाए ।
जारी युरोकपमा स्पेन हालसम्म पाँच खेल जितिसकेको छ । समूहगत चरणमा पहिलो हुँदै स्पेन नकआउट चरणमा प्रवेश गरेको थियो । समूह ‘बी’ अन्तर्गतको आफ्नो पहिलो खेलमा स्पेनले क्रोएसियालाई ३–० गोलले हराएको थियो ।

दोस्रो खेलमा स्पनेले साबिक विजेतासमेत रहेको इटालीमाथि १–० गोलको रोमाञ्चक जित हात पारेको थियो । समूहगत चरणको तेस्रो खेलमा भने स्पेनले अल्बानियालाई १–० गोलले हराएको थियो ।

प्रि–क्वार्टरफाइनलमा जर्जियामाथि ४–१ ले जित आफ्नो पोल्टामा पारेको थियो ।

पहिलो सहभागितामै १९६४ युरोकपको बिजेता बनेको स्पेन सन् २००८ मा दोस्रो पटक युरोकपको उपाधि जित्न सफल भएको थियो ।

त्यतिबेला पनि जर्मनीलाई १–० गोलले पराजित गरेर स्पेनले जित हासिल गरेको थियो ।

त्यसलगत्तै स्पेनले सन् २०१२ मा युरोकपको उपाधि जितेको थियो । त्यतिबेला स्पेनले फाइनलमा इटालीलाई ४–० गोलले हराएको थियो ।

Leave A Reply

Your email address will not be published.