चोक्देन लामा बनिन यस बर्षको मोना डान्स आइडल, द्रिष्या र आरोही रनर अप,

0

‘मोना डान्स आइडल बेल्जियम’ २०२४ चोप्तेन लामाले जितेकिछिन । प्रत्यैक बर्ष मोनाले गर्ने न्रित्य प्रतियोगितामा द्रिष्या शर्मा फर्स्ट रनरअप र आरोही शर्मा सेकेन्ड रनरअप बनेकाछन ।

म्याग्दी प्रवासी नेपाली संघ मोना बेल्जियमको आयोजनामा भएको उक्त प्रतियोगितामा ७ जना प्रतिस्पर्धी रहेका थिए ।

बिजेतालाई नगद पुरुस्कार सहित प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो । पुरुस्कारको राशी ७०१ , ५०१, ३०१ रहेको थियो । साथै सो प्रतिस्पर्धामा सबै भन्दा कान्छी प्रतिस्पर्धी नेहा रिजाललाई सात्वना पुरुस्कार प्रदान गरिएको थियो ।

प्रतियोगितामा उपबिजेता रहेका स्‍मृति पौडेल, अनुस्का अर्याल र मनिता लामालाई एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाले प्रोत्साहन स्वरुप ब्यक्तिगत रुपमा नगद पुरुस्कार प्रदान गर्नु भएको थियो

। नायिका बिष्णु मल्ल, मेरो डान्स युनिभर्शका फर्स्ट रनरअप देबी गर्बुजा मगर र कलाकार अजय लोप्चनको निर्णायक मन्डलले लोक र आधुनिक गरि दुई चरणमा न्रित्य प्रस्तुत गरेका प्रतिष्पर्धीहरुको कलाको बिभिन्न पक्षको मुल्याङ्कन गरेर नतिजा दिनु भएको थियो । जुरिको भूमिका सुदन मल्लले निभाउनु भएको थियो ।

डान्स आइडलको उद्यस्य र यसको निरन्तर आयोजनाले समाजमा पारेको प्रभाबका बारेमा दर्शाउदै मोनाका पूर्व अध्यक्ष एबम कार्यक्रम संयोजक योगेन्द्र श्रेष्ठले कार्यक्रमका नियमहरु सुनाउनु भएको थियो ।

कार्यक्रममा नेपालका चर्चित गायक बिष्णु क्षेत्री र गायिका दुर्गा गुरुङको बिशेष प्रस्तुति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजाभन्डारी, मोना बेल्जियमका सस्थापक अध्यक्ष शिव बरुवाल, संस्थाका अध्यक्ष प्रदिप थापा सुमन द्वारा पानसमा दीप प्रज्वलन गरि राष्ट्रिय गीतबाट कार्यक्रमको उद्घाटन गरिएको थियो ।

प्रमुख अतिथी राजभन्डारी, बिशेष अतिथी एनआरएनए बेल्जियम अध्यक्ष सीता सापकोटा , संरक्षक शिव बरुवालले नयाँ प्रतिभाहरुलाई प्रोत्साहन गर्ने कार्यक्रम आयोजना गरेकोमा मोनालाई धन्यबाद सफलताको शुभकामना दिनुभएको थियो ।

कार्यक्रमको संचालन मोना बेल्जियमका महासचिब रामचन्द्र थापा मगरले गर्नु भएको थियो । मोना डान्स आइडलको संचालन एनआरएनए बेल्जियमका महासचिब रुबिना शर्मा र कार्यक्रम संयोजक योगेन्द्र श्रेष्ठले गर्नु भएको थियो ।

मोना बेल्जियमका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर रकालले अतिथी र कलाकारहरुलाई स्वागत गर्नु भएको थियो ।

मोना बेल्जियमका अध्यक्ष प्रदिप थापा सुमनले कार्यक्रम बिजयी प्रतिभाहरुलाई बधाई दिदै प्रायोजकहरु र सहयोगिहरुका साथै निर्णायक मन्डलका सदस्य, अतिथीहरु, स्वयंसेवकहरुलाई धन्यबाद ज्ञापन गर्नु भयो ।

परोपकारी अभियानमा र सामाजिक कामका साथै लामो समयबाट आयोजना गर्दै आएको डान्स आइडल मार्फत मोना बेल्जियमले नेपाली कला संस्कृतिको संरक्षणमा बिशेष योगदान दिदै आएकोछ ।

Leave A Reply

Your email address will not be published.