पद्मश्री साहित्य पुरस्कारका लागि १५ वटा साहित्यिक कृति सार्वजनिक,

0

पद्मश्री साहित्य पुरस्कार-२०८०का लागि १५ वटा साहित्यिक कृतिलाई छनोट गरिएकोछ । प्रतिष्ठानका अध्यक्ष जीबा लामिछाने द्वारा प्रकाशित बिज्ञप्तिमा साल २०८० का लागि पहिलो चरणको विस्तारित सूची सार्वजनिक गरिएको जनाइएकोछ । ।

खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले बर्ष २०८० मा प्रकाशित भएका १८६ कृति बाट पहिलो चरणमा १५ वटा साहित्यिक कृतिको सुची सार्वजनिक गरेको हो ।

चयन समितिले १५ पुस्तक मध्यबाट अर्को महिना उत्कृष्ट ५ पुस्तकको संक्षिप्त सूची सार्वजनिक गरिने पनि प्रतिष्ठानले जनाएको छ ।

सूचीमा परेका पुस्तकमा विष्णु सापकोटाको अडिएका पाइला, कृष्ण गौतमको अद्वैत, सानु शर्माको अर्को देशमा, रोशन शेरचनको गल्ली संसार, भानु बोखिमको गोधूलि गीत, विश्व कुइँकेलको गोपीचा, कुमार नगरकोटीको जोगियाना,चिरञ्जीवी वाग्लेको बहादुर शाह, सुमिनाको बागी स्त्रीको आत्मकथा, राजेन्द्रमान डंगोलको बादलडाँडा, अखण्ड भण्डारीको बोरा, गोविन्दप्रसाद कुसुमको भृकुटी, गोपी सापकोटाको लन्डन अनप्लग्ड, अरुण गुप्तोको संस्कृति चिन्तन र भुवनहरि सिग्देलको साखेजुङको उकालो रहेकाछन।

प्रतिष्ठानले २०६३ सालदेखि निर्णायक मण्डलको छनोटका आधारमा उत्कृष्ट कृतिलाई पुरस्कार प्रदान गर्दै आएको छ ।  गत वर्ष देवीप्रसाद सुवेदीलाई ‘मनु’ उपन्यासका लागि पद्मश्री साहित्य पुरस्कार प्रदान गरिएको थियो ।

समाजमा बिशेष योगदान पुर्‍याएका व्यक्तित्वलाई पद्मश्री गौरव र कला क्षेत्रमा सक्रिय योगदान दिएका ब्यक्ति वा संस्थालाई पद्मश्री साधना पुरस्कार प्रतिष्ठानले प्रत्यैक बर्ष प्रदान गर्ने गरेकोछ ।

साहित्यिक पुरस्कार, पद्मश्री गौरव र पद्मश्री साधना गरी तीनवटै पुरस्कारको राशि तीन–तीन लाख रुपैयाँ रहेको छ ।

Leave A Reply

Your email address will not be published.