मोना बेल्जियमको डान्स आइडल हुँदै, चर्चित गायक बिष्णु क्षेत्री र गायिका दुर्गा गुरुङको बिशेष प्रस्तुति रहने ,

0

म्याग्देली प्रबासी नेपाली संघ (मोना) बेल्जियमले प्रत्यैक बर्ष आयोजना गर्दै आएको न्रित्य प्रतियोगिता आगामी शनिबार अन्तवेरपेनको मेर्कसेममा गर्ने भएकोछ ।

नेपाली मुलका युबायुबतीहरु सहभागि हुने उक्त मोना डान्स आइडलमा प्रथम भएर मोना आइडल जित्ने सहभागिलाई ७०१ युरो नगद पुरुस्कार सहित मेडल प्रदान गरिने आयोजक संस्थाका महासचिब रामचन्द्र थापाले बताएका छन । फर्स्ट रनर अपलाई ५०१ र सेकेन्ड रनर अपलाई ३०१ युरो नगद पुरुस्कार रहेकोछ ।

हाल सम्म १० भन्दा बढीले कार्यक्रममा सहभागितका लागि नाम दर्ता गराएकाछन । प्रतियोगिताका लागि आबस्यक तयारी पुरा भएको आयोजक संस्थाका अध्यक्ष प्रदीप थापा सुमनले जानकारी गराउनु भएकोछ ।

कार्यक्रममा नेपालका चर्चित गायक बिष्णु क्षेत्री र गायिका दुर्गा गुरुङको बिशेष प्रस्तुति रहनेछ । परोपकारी अभियानमा सकृय मोनाको अन्य सामाजिक काम संगै लामो समयबाट आयोजना हुँदै आएको डान्स आइडल बेल्जियममा निकै रुचाईएको कार्यक्रम हो ।

डान्स आइडलको यो एघारौ श्रिंखला अघि बेल्जियम र युरोपका गरी १० जना ‘मोना डान्स आइडल’ बनिसकेका छन ।

कार्यक्रम सन्योजक योगेन्द्र श्रेष्ठका अनुसार सह्भागि कलाकारहरुले निम्न नियमहरु पालन गर्नु पर्नेछ ।

1. प्रतियोगिले आफ्नो नृत्य नेपाली भाषाको गीतमा प्रस्तुत गर्नुपर्नेछ,
2. नित्य एकल हुनुपर्नेछ,
3. प्रतियोगिले आफुले नृत्य गर्ने २ वटा गीत छनोट गरी डाउनलोड गरी पेन ड्राईवमा राखी आयोजकलाई दिनु पर्नेछ,
4. प्रतियोगितमा महिला तथा पुरुष दुबैले भाग लिन पाइनेछ,
5. प्रतियोगितामा प्रतियोगिको उमेर हक बन्दी तोकिने छैन ,
6. प्रतियोगितामा व्यक्तिगत वा सस्थागतरुप बाट पनि भागलिन पाइनेछ,
7. नृत्य गर्दा गीतको समय बढ़ीमा ५ – ७ मिनेटको हुनु पर्ने छ ,
8. नृत्य गर्दा आवस्यक पर्ने सामग्री स्वयं प्रतियोगिले ल्याउनुपर्नेछ ,
9. नृत्यको मुल्याङ्कन गर्दा गीत अनुसारको भेष भुषा, हाउभाउ र दर्शकको आकर्षण, शुरु देखि अन्त्य सम्मको प्रस्तुतिलाई आधार मानिनेछ,
10. लोक गीत र आधुनिक गीत गरी दुई बिधामा नृत्य प्रस्तुत गर्नुपर्नेछ ,
11. मादकपदार्थ सेबन गरी आउने कलाकारलाई प्रतियोगितामा समावेस गराइने छैन,
12. प्रतियोगितामा प्रथम,दिर्तिय, तिर्तिय हुने कलाकारलाई नगत पुस्कार, ट्रफ़ी,प्रमाणपत्र, मायाको चीनो प्रदान गरिनेछ,
13. निर्णायक मण्डलमा ३ जना निर्णायक ( judge) र १ जना जूरी निर्णायक (jury judge ) गरी ४ सदस्य निर्णायक मण्डल रहने छ ।
14. प्रतियोगितामा कुनै बिबाद वा कमी कमजोरी  रहेमा ४ सदस्य निर्णायक मण्डलको निर्णय नै अन्तिम निर्णय हुनेछ ।

15. प्रतियोगीकलाकार भाईबहनीहरुलाई हलप्रवेश निशुल्क हुने र दर्ता शुल्क लाग्ने छैन । खाजाको व्यवस्था आयोजकले गर्ने छ ।
16. प्रतियोगी कलाकार भाई बहीनीहरूले आफ्नो २ राउण्ड नृत्य प्रस्तुति दिए पश्चात समय रहेको खण्डमा आफ्नो बिशेष नृत्य प्रस्तुति दिन सक्नेछन ।

Leave A Reply

Your email address will not be published.