च्यारिटीका लागि आर्थिक सहयोग जुटाउन अन्तरराष्ट्रिय पर्बत समाजको सांस्कृतिक सांझ,

0

अन्तरराष्ट्रिय पर्बत समाजले पर्बत जिल्ला अस्पताललाई आर्थिक सहयोग गर्ने उद्यस्यले सोमबार बेल्जियमको लुभेन शहरमा च्यारिटि डिनर तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरेकोछ ।

जिल्ला अस्पतालमा बिरामी कुरुवालाई आबस्यक सामाग्री सहयोग गर्ने र संस्था द्वारा संचालित परोपकारी कामका लागि आबस्यक आर्थिक श्रोत संकलन गर्न भएको च्यारिटी डिनर र सांस्कृतिक साँझमा लोक गायक बिष्णु क्षेत्री, सुमी घिमिरे सापकोटा र जीत तिलिजा मगरले मनोरंजन गराएका थिए, स्थानीय कलाकारहरुले न्रित्य प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रमका लागि करिब ५४ लाख नेपाली रुपंया बराबर संकलन भएकोमा कार्यक्रमको खर्च कटाएर बाँकी रकम संस्थाले परोपकारी काममा सहयोग गर्ने आर्थिक सहयोग संयोजक कृष्ण तिवारीले जानकारी गराउनु भएकोछ ।

बेनेलक्स एबम युरोपियन युनियनका लागि नेपाली राजदुत गेहेन्द्र राजभण्डारी, लुभेन नगरपालिकाका मेयर मोहम्मद रिदवानी र अन्तर्राष्ट्रीय पर्वत समाजका अध्यक्ष गुणराज शर्माद्धारा संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि राजदुत राजभण्डारीले नेपालमा गरिने परोपकारी कामका लागि परदेशवाट नेपालीहरुले गरेको सहयोगका लागि गरेको प्रतिबद्धताको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता कार्यहरुलाई निरन्तरता दिनु पर्नेमा जोड दिनुभयो ।

बेल्जियमको लुभेन नगरपालिकाका मेयर रुदवानीले बेल्जियमको लुभेन शहरमा धेरै देशका मानिसको बसोबास रहेकोमा नेपालीहरुको पहिचान, आर्थिक र सामाजिक योगदान बिशेष रहेकोछ भानु भयो ।

मेयर रुदवानीले लुभेनमा बसोबास गर्ने नेपालीहरुको आपसी सहयोग, सद्भाव र ऐक्यबद्धता प्रभावित भएर लुभेन नगरपालिका र नेपालको कुनै एक नगरपालिकाबिच भविष्यमा आपसी सहयोग आदान प्रदानका लागि आफुले काम गर्न चाहेको बताउँदै, आफु नेपालको भ्रमण गर्न उत्सुक रहेको बताउनु भयो ।

कार्यक्रमको सफलता र अन्तरराष्ट्रिय पर्बत समाजको परोपकारी अभियानको प्रगतिको कामना गर्दै अन्तर्राष्ट्रिय पर्वत समाजका संस्थापक अध्यक्ष पुरन गिरी, चारभन्ज्याङ तमु समाज युकेका अध्यक्ष बेनकुमार गुरुङ, अन्तर्राष्ट्रय चारभन्ज्याङ तमु समाजका अध्यक्ष रिटायर्ड लेफ्टिनेन्ट चन्द्रबहादुर गुरुङ, तमु धिं युकेका अध्यक्ष हरी गुरुङ, गैरआवासीय नेपाली संघ बेल्जियमकी अध्यक्ष सीता सापकोटा, संघका पूर्व अध्यक्ष गंगाधर गौतम, पूर्व केन्द्रीय उपाध्यक्ष नारायण आचार्य, समाजका बरिष्ठ उपाध्यक्ष दधि आचार्य, संरक्षक सुरेन्द्र भुषाल, दुर्गाप्रसाद श्रेष्ठ, समाजका सल्लाहकार मनोहरी शर्मा (ठाकुर), लाल गुरुङ, लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको शुरुवातमा स-साना नानीहरुद्धारा स्वागत नृत्य प्रस्तुत गरेर सुरु भएको कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत समाजका प्रमुख संरक्षक झलक केसीले र धन्यवाद ज्ञापन खड्गबहादुर केसीले गर्नुभएको थियो ।

सहयोगि दाताहरुलाई मायाको चिनो र प्रशंशा पत्र दिदै सम्मान गरिएको थियो ।

कार्यक्रमको संचालन समाजका महासचिब प्रकाश पौडेल र सांस्कृतिक कार्यक्रमको संचालन सदस्य दिपक न्यौपानेले गर्नु भएको थियो । समाजका सचिब कमल लामिछानेले दस्ताबेजिकरण, सल्लाहकार बालेन्द्र गुरुंगले डिजिटल ब्यबस्थापन  गर्नु भएको थियो ।

च्यारिटी डिनर एबम सांस्कृतिक कार्यक्रमका शभापती समाजका अध्यक्ष गुणराज शर्माले पर्वत जिल्लामा परोपकारी कामका लागि आवश्यक पर्ने आर्थिक कोषका लागि आयोजना गरेको कार्यक्रम सफल बनाउन बेल्जियममा बसोबास गर्ने सबै प्रवासी नेपालीहरुको सहयोग रहेकोमा सबै प्रति आभार र सम्मान व्यक्त गर्दै धन्यवाद दिनुभयो ।

कार्यक्रम समापन गर्दै शर्माले संस्थाले संचालन गर्ने परोपकारी काम र योजनामा भविष्यमा पनि सबैको साथ सहयोग रहनेछ भन्नु भयो ।

अन्तरराष्ट्रिय पर्बत् समाजले स्थापनाकाल देखी नेपालमा शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र भौतिक बिकासमा सहयोग गर्नुका लागि निम्न तहका नेपालीहरुलाई आर्थिक, भौतिक सहयोग गर्दै आएकोछ ।

Leave A Reply

Your email address will not be published.