‘ स्वतन्त्र प्रबास नेपाली संपर्क मन्च ‘ बेल्जियम एन्तवेर्पेन समिती गठन ,

0

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रबास शाखा ‘ स्वतन्त्र प्रबास नेपाली संपर्क मन्च ‘ बेल्जियमको एन्तवेर्पेनमा क्षेत्रीय समिती गठन भएको छ । एन्तवेर्पेन निवासी स्वतन्त्र प्रवास नेपाली सम्पर्क मञ्च – बेल्जियमका सल्लाहकार अर्जुन दाहालको अध्यक्षतामा सोमबार जुन १७ मा भएको स्वतन्त्र मञ्चको आन्त्रोपेन शाखाको प्रथम अधिबेशनले मोहन शर्माको अध्यक्षतामा नयाँ कार्यसमिती बनाएकोछ ।

क्षेत्रीय समिति गठन गर्न भएको भेलामा नेपालबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सह–प्रवक्ता मनिष झा र प्रबास नेपाली सम्पर्क बिभागका सचिव पदमराज पन्थीको भर्चुयल उपस्थिती रहेको थियो ।

भेलामा रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि मधु प्रसाद अर्याल, स्वतन्त्र प्रवास नेपाली सम्पर्क मञ्च – बेल्जियमका प्रमुख कृष्ण दाहाल, सचिव डा. गोकर्ण पाण्डेय, कोष नियन्त्रक अर्जुन घिमिरे, सल्लाहकारहरु डिल्लीराम भण्डारी, प्रकाश कार्की र नारायण चित्रकार तथा आन्त्रोपेन क्षेत्रका रास्वपाका शुभचिन्तकहरुको उपस्थिती रहेको थियो ।

मञ्चका सचिव गोकर्ण पाण्डे द्वारा संचालित कार्यक्रममा मंचका प्रमुख कृष्ण दाहालले उपस्थित शहभागीहरुलाई स्वागत गर्नुभएको थियो । मोहन शर्मा ज्यूको संयोजकत्वमा सर्व सम्मतिमा गठन भएको मंचको एन्तवेर्पेन क्षेत्रीय समितिको अन्य पदाधिकारी निम्न बमोजिम रहनु भएकोछ ।
उप-प्रमुख : श्रीप्रसाद दवाडी
सचिव: भरत ढकाल
कोष नियन्त्रक : रिता चुरेल

सदस्य: इन्द्र न्यौपाने
सदस्य: रमेश कार्की
सदस्य: गोपाल न्यौपाने
सदस्य: भरत जी सी
सदस्य: बेर्शिखा वाग्ले पौडेल
सदस्य: आमित लिम्बु
सदस्य: प्रेम गौली

सल्लाहकार : मिन क्षेत्रि
सल्लाहकार : राम पुन
सल्लाहकार : ज्ञानु बिश्वकर्मा
सल्लाहकार : जे बि ओली
सल्लाहकार : जय तामांग
सल्लाहकार : कृष्ण मिश्र
सल्लाहकार : दीपक भट्टराई
सल्लाहकार : राजन दनाई
सल्लाहकार : रन्जना न्यौपाने
सल्लाहकार : बसु शर्मा
सल्लाहकार : राजेश गुरुङ

Leave A Reply

Your email address will not be published.