नेपाली ब्यबसाय संघ युरोप बेल्जियममा दर्ता,

0

युरोपका बिभिन्न देशमा ब्यवसाय गरेर बसेका नेपाली ब्यबसायिहरुलाई एकताबद्ध बनाएर सामुहिक हितमा काम गर्ने उद्यस्यले नेपाली ब्यवसाय संघ (नेबा) युरोप, बेल्जियममा दर्ता भएकोछ ।

बेल्जियम, नेदरल्यान्ड, लग्जेम्बर्ग र डेनमार्कमा नेपाली ब्यबसायी संघ कृयाशिल भएको अबस्थामा उनिहरुको सहकार्यमा युरोपमा नेपाली उत्पादनको प्रबर्धन र ब्याबसायिक एकता आबस्यक भएकोले संस्था दर्ता गरिएको नेबाका सचिब मदन दवाडीले जारी गरेको बिज्ञप्तिमा जानकारी गराइएकोछ ।

गत सोमबार अन्तरराष्ट्रिय गैर सरकारी संस्थाको रुपमा एन्टवेर्पेनको जस्टिक प्यालेसमा दर्ता भएको संस्थाको संस्थापक संचालकहरुमा यामु निरौला संयोजक र मदन दवाडी सदस्यसचिब, चिरन कुमार खवास बेल्जियम, शशिकान्त पौडेल र अमिर देबकोटा नेदरल्यान्ड,हरी खत्री र रमाकान्त शर्मा लग्जेम्बर्ग रहनु भएकोछ । डेनमार्कबाट मुक्ति श्रेष्ठ पदेन सदस्य रहनु भएकोछ ।

संस्थाको वेबसाइट दर्ता गरिएकोछ भने नेपाली भाषाको बिधान , नेदर्ल्यान्डसमा बिधान र लोगो पनि बनिसकेको जानकारी संस्था संयोजक यामु निरौलाले गराउनु भएकोछ ।

नेपालीहरुको ब्यवसाय भएका युरोपियन देशमा संस्थाको शाखा बिस्तार गरेर छिट्टै युरोपियन नेटवर्क बनाउने र सोही मार्फत सामुहिक हितका लागि काम गरिने संस्थापकहरुले बताएकाछन ।

बिभिन्न देशमा नेपाली ब्यापारिहरुको संख्या बढी रहेको अवस्थामा संस्थागत अबधारणामा काम गर्दा नेपाल र युरोपियन युनियनका देशहरुका साथै नेपाली ब्यबासायिहरुको सम्बन्ध बलियो हुने, दुईपक्षीय ब्यापारमा ब्रिद्धी हुने विश्वाश गरिएकोछ ।

Leave A Reply

Your email address will not be published.