तमु समाज बेल्जियमको पुनर्मिलन,

0

जातीय पहिचान र साँस्कृतिक, सामाजिक अभियानमा सकृय नेपाली समुदाय बेल्जियमको जेठो संस्था तमु समाज बेल्जियमको पुनर्मिलन भएकोछ ।
गत आईतवार भएको तमु समाज बेल्जियमको साधारणसभाले तमु समाज बेल्जियम र तमु धिं बेल्जियमको एकता गर्ने प्रस्ताब पारीत गरेकोछ ।

केही बर्ष अघि भएको बिभाजनमा तमु समाज र तमु धिं गरी गुरुङ्ग समुदायका दुईवटा संस्था बनेका थिए । तमु धिं गठन गर्ने समुहले तमु धिंको छुट्टै संस्थागत सँरचना भएकोले बेल्जियममा त्त्यसको शाखा खोलेको बताए पनि यहाँको नेपाली समाज र स्वयम तमुहरुले पनि संस्था बिभाजन भएको रुपमा बुझेका थिए ।

केही समय एकअर्कालाई दोषारोपन गर्ने र कार्यक्रमहरुमा निषेध गर्ने गतिबिधी भएकोले तमु समाजका शुभचिन्तकहरु निरास बनेका थिए ।

सामाजिक फोरमहरुमा दुबै संस्थाका नेत्रित्वलाई एकताका लागि दवाब आउन थालेको थियो । तमु अगुवाहरु पनि एउटै उद्यस्य भएका दुईवटा संस्थाको आवश्यकता नभएको र मिलेर काम गर्दा भैरहेको भन्दा धेरै सामाजिक काम गर्न सकिने महशुश गर्न थालेका थिए ।

शुभचिन्तकहरुको दवाब र बेल्जियमको सामाजिक अभियानलाई बलियो बनाउने नेत्रित्वकर्ताहरुको चाहनाले भएको तमु समाजको एकतालाई बेल्जियमको सिंगो नेपाली समुदायले स्वागत गरेकोछ । तमु समाजको एकताले बिभाजन भन्दा एकतामा बल हुन्छ र धेरै सकारात्मक काम गर्न अबसर मिल्छ भन्ने सन्देश दिएको बेल्जियमका अन्य सामाजिक संघ संस्थाका अग्रजहरुले बताएकाछन ।

अर्को अधिबेशन सम्म  तमु समाज बेल्जियमको बर्तमान कार्यसमिति नै कृयाशिल हुनेछ भने तमु धिं का पदाधिकारीहरुलाई पनि जिम्मेवारि दिने निर्णय आगामी कार्यसमिती बैठकले गर्नेछ ।

तमु समाज बेल्जियमका अध्यक्ष होम गुरुङ्गले साधारण सभाले दिएको म्यान्डेड अनुसार आफुले तमु समुदायको एकताका लागि कार्य गर्ने बताउनु भएकोछ । गुरुङ्गले छिट्टै तमु धिं मा रहेका अग्रजहरुलाई संगठनमा ससम्मान भूमिका दिएर सहमतिमा संस्थागत गतिबिधी गर्ने बताउनु भएकोछ ।

तमु धिं बेल्जियमका अध्यक्ष सङ्गिता गुरुङ्गले आगामी दिनमा सबै मिलेर समुदायका गतिबिधी गर्ने बताउनु भएकोछ ।

तमु समाजका पूर्व अध्यक्ष नन्दा गुरुङ र तमु धिं का पूर्व अध्यक्ष प्रबिणा गरुङले दुई संस्थाको एकताले सबैलाई खुशी बनाएको बताउनु भएकोछ ।

Leave A Reply

Your email address will not be published.