नेपाली युबा फुटबलर गोरख घले रोयाल स्पोर्टिङ आन्दरलेख्तमा अनुबन्धित ,

0

नेपाली मुलका युबा फूटबलर गोरख घले बेल्जियमको ‘ए’ डिभिजनको फुटबल क्लब रोयाल स्पोर्टिङ आन्दरलेख्तमा अनुबन्धित भएकाछन । गत साता घले र क्लब बीच आगामी तीन बर्षका लागि खेल्ने गरी आधिकारिक सम्झौता भएकोछ । आठ बर्षको उमेरमा फूटबल खेल्न सुरु गरेका घले सेन्ट जोसेफ क्लब, रोयाल एन्टवेरपेन क्लब हुँदै आरएससी आन्दरलेख्तमा पुगेका हुन ।

सम्झौता अनुसार घलेले क्लबको लागि युरोपियन र बेल्जियन लिग म्याचहरु खेल्नेछन भने क्लबले मासिक पारिश्रमिक; खेल प्रशिक्षण र अन्य सुबिधाहरु उपलब्ध गराउनेछ । १६ बर्षे युबा उमेरका घलेका लागि युरोपमै प्रतिष्ठित ११६ बर्ष पुरानो ईतिहास भएको सफल फूटबल क्लबमा आबद्ध हुन पाउनु ठुलो सफलता मानिएकोछ ।

लुकाको हाजार्द जस्ता सयौ खेलाडीलाई अबसर दिएको यो क्लब युरोपियन र बेल्जियन खेलमा धेरै पटक च्यापियन भएकोछ र सयौ ट्रफि जितेकोछ ।

घलेका बुवा राम घलेले आठ बर्ष सम्म निरन्तर फुटबल सिकाउदा छोराले लगनशिल भएर मिहिनेत गरेकोले यो सफलता प्राप्त भएको चारदिशालाई बताएकाछन । हाल रेस्टुरेन्ट ब्यवसाय गर्ने घलेको परिवार बिगत २५ बर्ष देखि अन्त्वेरपेनमा बस्दै आएकोछ ।

खेलाडी घलेले अन्डर सिक्स्टिन क्याटगोरिमा बेल्जियमको राष्ट्रिय टिमबाट बिभिन्न युरोपियन म्याचहरु खेली सकेकाछन । उनले अट्याकिङ मिडफिल्डरको रुपमा टिममा खेल्ने गरेकाछन, आरएससिका लागि पनि उनीहरु मिडफिल्डर रहनेछन ।

घलेको खेल्ने सैलीबाट निकै प्रभाबित भएका फुडबल क्लबका मार्केटिङ म्यानेजरहरुले उनलाई आफ्नो क्लबमा अनुबन्धित गराउन ठिकै ठुलो रकम र सुबिधाहरुको प्रस्ताब गरे पनि पैसा भन्दा क्यारियर हेरेर आरएनसी सँग सम्झौता गरेको उनकी आमा बिना घलेको भनाइछ ।

युरोपमा निकै आकर्षक मानिने , इज्जत,प्रतिष्ठा र पैसा मनग्गे हुने फूटबल खेलाडीका लागि युरोपको ए डिभिजनको क्लबमा आबद्ध हुन पाउनु गर्बको बिषय हो । घले आफुले कठिन पारिश्रम गरेको र परिवारले पनि साथ दिएकाले यो मुकाममा पुग्न सकिएको बताउछन ।

हाल चौथो मिदलबारमा अध्ययनरत घलेलाई अध्ययन संगै खेललाई अगाडि बढाउन चुनौती छ,तर उनले यसमा सफल हुने विश्वाश लिएकाछन ।

युरोपको क्लबमा आबद्ध भए पनि अबसर पाएमा आफ्नो पैत्रिक देश नेपालका लागि पनि खेल्न उत्सुक रहेको उनले बताएकाछन ।

जस्तो परिस्थितिमामा पनि लगनशिल भएर लागेमा सफलता पाउन सकिन्छ भन्दै आफु जस्तै नेपाली युबाहरुलाई खेलमा आशाबादी भएर खेल्न घलेले सुझाब दिएकाछन ।

Leave A Reply

Your email address will not be published.