प्रा सूर्य सुवेदीको जीवनी लन्डनमा विमोचन

0

लन्डन –  एक समारोहबीच अन्तरराष्ट्रिय कानूनका ज्ञाता प्रा डा सूर्य प्रसाद सुवेदीको जीवनी विमोचन गरिएको छ।

लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख श्रीमती रोशन खनाल तथा एनआरएनएका पूर्व सल्लाहकार कुल आचार्यलेप्रा. सूर्य सुवेदी महाविद्यावारिधि देखि नोबेल पुरस्कार मनोनयनसम्मनामक पुस्तक लोकार्पण गरेका हुन्।

साउथ एसिया टाइम अनलाइनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै श्रीमती खनालले नेपालमा सम्विधान निर्माण देखि नेपाल सरकार विरुद्ध एनसेलको मुद्दामा महत्वपूर्ण सुझाव सल्लाह दिएर प्रा सुवेदीले मुलुकलाई गुन लगाएको बताइन्  उनले प्रा सुवेदी जस्ता विज्ञहरुको विद्वता नेपालको हितमा उपयोग गर्नु पर्नेमा जोड दिइन्।

गैर आवासीय नेपाली संघका पूर्व सल्लाहकार कुल आचार्यले नेपालमा एमसीसी विवाद चर्कीरहेका बेला प्रा सुवेदीले व्याख्यात्मक टिप्पणी राख्न सुझाव दिएर विवाद सुल्झाउन योगदान गरेको सम्झना गरे  उनले नेपालभारत सीमा विवाद लगायतका विवाद समाधान गर्न प्रा सुवेदीलेदिएको  सुझाव नेपालका लागि निकै उपयोगी भएको बताए उनले पुस्तकका लेखक पत्रकार द्वय भगीरथ योगी तथा नवीन पोखरेललाई धन्यवाद पनि दिए।

उक्त पुस्तकको बारेमा बोल्दै अक्सफोर्ड विश्वविद्यालय संग आबद्ध अनुसन्धानकर्ता डा कृष्ण अधिकारीले लम्जुङ्गदेखि बेलायतसम्म प्रा. सुवेदीको जीवनयात्रा रोचक प्रेरणादायी रहेको बताए।  उनले प्रा सुवेदीको जीवनी पढ्दा आफुलाई  बझांगी राजा जयपृथ्वी बहादुर सिंहको सम्झना आएको बताए। उनले राजा जयपृथ्वी बहादुर सिंह जस्तै प्रा सुवेदीपनि अन्तरराष्ट्रियतावादी, मानवतावादी तथा कानूनी राज्यको पक्षधर भएको बताए।  उनले प्रा सुवेदीलाई आफ्ना अनुभवहरु समेटेर अर्को पुस्तक लेख्न पनि सुझाव दिए।  

बेलायतको प्रगतिको साझेदारको रुपमा दक्षिण एसियाली डायसपोराको भूमिकाविषयमा बोल्दै प्रा सुवेदीले ब्रिटेनका हरेक जसो क्षेत्रमा दक्षिणएसियाली समुदायले राम्रो प्रगति गरेको बताए।  उनले  अन्य दक्षिणएसियाली समुदायभन्दा ढीलो बेलायतमा स्थायी बसोबास गर्न लागेको भए पनि नेपाली आप्रवासी समुदायले व्यापार व्यवसाय, सेवा प्राज्ञिक क्षेत्रमा उल्लेखनीय प्रगति गरिरहेको जनाए।

कार्यक्रममा सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान कायम गरेकाडबल अबभ नी एम्पुटी‘  भूतपूर्व गोर्खा  हरि बुढा मगर, बार्नेट काउन्सिलका पूर्व डेपुटी मेयर लक्ष गुरुङ, कन्सलट्यांट नर्स सुमन श्रेष्ठ एमबीइ, डा कपिल रिजाल, उद्यमी योगेन क्षेत्री, उद्यमी उत्तम नेपाल, समाजसेवी रविन्द्रजंग लामिछाने,  चर्चित कलाकार गोविन्द साहआजाद,’   मेक्सवर्थ फाउन्डेशनका संस्थापक संजय शाह, फेशन डिजाइनर संयुक्ता श्रेष्ठ,  गायिका सितु खरेल,  गोर्खा अभियानकर्ता ज्ञानराज राई,  एनआरएन अभियन्ता दयानिधि सापकोटा  लगायत  समाजका विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो। त्यस्तै प्रायोजकहरुलाई पनि सम्मान गरिएको थियो।

साहित्यकार डा संगीता स्वेच्छाले संचालन गरेको कार्यक्रममा  साउथएसिया टाइम अनलाइनका प्रधान सम्पादक भगीरथ योगीले सबैलाई स्वागत गरे  भने सम्पादक डा जगन कार्कीले धन्यवाद ज्ञापन गरेका थिए  

Leave A Reply

Your email address will not be published.