बेल्जियमको चुनाबि परीणाम, धुर दक्षिणपन्थी भ्लाम्स बेलाङ्ग र कम्युनिट पिभिडिआको मत प्रतिशत बढ्यो, एनभेआका नेता बार्त द वेभर गठबन्धनबाट आगामी प्रधानमन्त्री हुने पक्का ,

0

बेल्जियममा केन्द्रीय संसद, प्रदेश संसद र युरोपियन संसदको चुनाव सम्पन्न भएकोछ । जुन ९ तारिख आईतवार भएको निर्वाचनमा फ्लेमिस राष्ट्रबादी पार्टी एनभेआ फेरी पनि बेल्जियमको पहिलो पार्टी बनेकोछ ।

२०१९ मा बनेको एनभेआ गठबन्धनले फ्लेमिस पार्लियामेन्टमा बहुमत पाएकोले उनीहरुको पुन सरकार बन्नेछ। ब्रुसेल पार्लियामेन्टमा लिबरल एमआर पहिलो पार्टी बनेकोछ भने ग्रून र सोसियालिस्ट दोश्रो र तेश्रो भएकाछन ।

वालोनीमा पनि एमआर पहिलो, ले इङ्गेस दोश्रो र सोसियालिस्ट पिएस तेश्रो हुने देखिएकोछ । वालोनीमा ७५ प्रतिसत मत गनेर सकिएकोछ । राती सम्म सबै मतगणना सकिनेछ ।

अति दक्षिण पन्थी पार्टी भ्लामिस बेलाङ्गले समग्र भोट प्रतिशत बढाएकोछ । बेलाङ्ग फ्लेमिस संसदमा एनभेआकै हाराहारिमा रहेर दोश्रो ठुलो पार्टी बनेकोछ ।

लगभग अन्तिम चरणको मतगनाणामा फ्लेमिस संसदमा एनभेआले करीब २४ प्रतिशत, भ्लामिस बेलाङ्गले २२ प्रतिशत र सोसियालिस्ट भूरौइतले १३,५० प्रतिशत हाराहारी मत पाएकाछन ।

बेल्जियम कम्युनिस्ट पार्टि पिभिडिआले गत चुनाव भन्दा ३ प्रतिशत मत बढाएर ८,५० प्रतिशत मत पाएकोछ, क्रिष्चियन डेमोक्र्याट र भिएलडीको मत प्रतिशत घटेकोछ । बर्तमान प्रधानमन्त्री एलेक्जन्द्र क्रू को पार्टिले अनपेक्षित चुनाबि हार पछि पार्टी सभापति तोम ओन्ङेनाले पदबाट रजिनामा गरेकाछन ।

कोभिड पछिको आर्थिक मन्दि र रसिया युक्रेन युद्धले बढाएको अनिष्चितताका कारण असहज बनेका बेल्जियमका मतदाताहरु दक्षिणपन्थी र बामपन्थी पार्टी प्रति आकर्षित हुने क्रम बढेकोले मध्यमार्गी पार्टीहरुको मत प्रतिशत घटेको आँकलन गरिएकोछ ।

चुनाबि परीणामले एनभेआका सभापति बार्त द वेभर बेल्जियमको आगामी प्रधानमन्त्री हुने देखिएकोछ ।

Leave A Reply

Your email address will not be published.