अभिनेत्रीबाट नेत्री बनेकी कङ्गना रनाउतलाई एअरपोर्टमा महिला सुरक्षाकर्मिले हानिन झापड,

0

अभिनेत्री कङ्गना रनाउतलाई एक जना सुरक्षाकर्मी महिलाले झापड हानेकी छन । दक्षिणपन्थी भारतीय जनता पर्टिको टिकेट बाट पहिलो पटक संसद भएकी कङ्गनालाई चन्डिगढ ऐर्पोटमा झापड हानिएको हो ।

भारतीय प्रधानमन्त्री मोदीको समर्थनमा कडा टिप्पणी गर्ने गरेकि अभिनेत्रीले किसान आन्दोलनलाई बदानाम गर्न जथाभाबी लेखेको र बोलेकोले उनलाई एअरपोर्टमा देख्ने बित्तिकै हिर्काएको सिआईएसएफ महिला सुरक्षा गार्ड कुलबिन्दर कौरले बताएकि छिन ।

कौर संगठन भित्र अनुशासित र इमान्दार सुरक्षाकर्मी भएको उनका सहकर्मिहरुले बताएकाछन ।झापड कान्ड पछि उनलाई निलम्बन गरिएकोछ ।उनका पति पनि सिआईएसएफ कार्यरत भएको भारतीय संचारमाध्यमहरुले जनाएकाछन ।

किसान आन्दोलनका क्रममा आफ्नी ब्रिद्ध आमा पनि धर्ना बसेको र कङ्गनाले १०० रुपयामा भाडामा ल्याईएका महिला भनेर आफ्नी आमा लगायत किसान महिलाको अपमान गरेकोले उनलाई झापड हानेको संचारमाध्यमलाई बताएकिछिन ।

भाजपा सरकारले ठुला ब्यापारिहरुलाई फाईदा हुने गरी कृषि बिद्ययक संसदबाट पारीत गर्न खोजे पछि भारतीय किसानले गत बर्ष लामो आन्दोलन गरेका थिए । आन्दोलनका क्रम लाखौं किसान सहभागि भएका थिए भने केहीको सुरक्षाकर्मी सँग झडपमा मृत्‍यु भएको थियो ।

भर्खरै सम्पन्न लोकसभा चुनावमा भजपाले बहुमत ल्याउन नसक्नुकोको कारण किसान आन्दोलन पनि भएको बिष्लेषकहरुको भनाइ छ । किसान आन्दोलनको बिरोध र मोदीको समर्थनमा कङ्गनाले निकै आक्रामक टिप्पनी गर्ने गरेकी थिइन ।

Leave A Reply

Your email address will not be published.