बेल्जियम कम्युनिष्ट पार्टी पिभिडिए र नेपाली कम्युनिस्ट पार्टिका भात्री संस्था बिच अन्तर्कृया,

0

बेल्जियमको बामपन्थी पार्टी पिभिडिए ( वर्कर्स पार्टी ) र बेल्जियममा स्थापित नेपाली बामपन्थी पार्टि सम्बद्ध संगठनका बिच अन्तर्कृया सम्पन भएकोछ । वर्कर्स पार्टी वेल्जियमका पुर्व अध्यक्ष तथा हाल पार्टीको तर्फवाट उम्मेद्वारहरुको नेत्रित्व गरेका पिभिडिए नेता पिटर मेर्तेन र वेल्जियम स्थित नेपाली प्रगतिशील संस्थाका प्रतिनिधीहरु विच आज अन्तर्कृया भएको हो ।

अन्तर्कृयामा नेपाली जनप्रगतिशील मंच, प्रवासी नेपाली मंच, नेपाली जनप्रगतिशील मोर्चाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
पिभिडिए नेता मेर्तेनले पार्टीका अल्पकालिन र दीर्घकालिन कार्यक्रमहरुका साथै वेल्जियमको राष्ट्रिय तथा अन्तर्रराष्ट्रिय नितीहरु र त्यसबाट वेल्जियमका जनताहरुले भोग्न परेका समस्याहरुको वारेमा जानकारी गराएका थिए ।
आठ विलियन भन्दा वढि आम्दानी भएका कर्पोरेटहरुलाई कर सहुलियत हुने तर साना ब्यवसायले बढी कर तिर्नु पर्ने असमान ब्यबस्था,उच्च ओहदाका कर्मचारीहरुले लिने गरेको अत्यधिक बोनस र श्रमिकहरुको पेन्सनमा कटौती,नेताहरु एबम जनप्रतिनिधीहरुले लिदै आएको ठुलो रकम सहितको सुबिधा घटाएर वचत हुने रकमलाई सामाजिक सुरक्षा,स्वास्थ्य शिक्षा जस्ता क्षेत्रमा लगाउने पार्टीको अभियानका बारेमा स्प्रष्ट परेका थिए ।

आप्रवासीहरुको ससम्मान बस्न पाउने ब्यबस्था र वेल्जियमले अन्य देशमा जारी युद्धलाई सहयोग दिन बन्द गर्नु पर्ने, पेंसनका लागि कायम उमेर हद पैसठ्ठी कायम गर्नु पर्ने,जलवायु परिवर्तनलाई असर गर्ने ठुला कम्पनीहरुले आवस्यक क्षतिपुर्ति दिन पर्ने,बेल्जियमका विगत र वर्तमान सरकारले गरेका जनतालाई आर्थिक भार थप्ने नितीहरुमा पुनर्बिचार गरेर महंगी र श्रमिकको तलवमा तालमेल कायम राख्ने लगायत पार्टीका नितीहरुको चर्चा गरे ।

मेर्तेनले आप्रवासीको अधिकारको विषयमा पार्टिले लिएको अडानका कारण सबै शक्तिहरुले आफ्नो पार्टिलाई पेल्न खोजे पनि सत्य कुराका लागि लड्न नछोड्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

वेल्जियममा आगामी जुन ९ तारिख आइतवार प्रदेश, संघ र युरोपियन युनियन तहको निर्वाचन हुदैछ। यो निर्वाचनले वेल्जियमको तर्फवाट युरोपियन युनियनमा प्रतिनिधित्व गर्ने प्रतिनिधीहरु, केन्द्रिय सांसदहरु र प्रदेश सांसदहरुको चयन गर्नेछ ।

जुन ९ मा हुने चुनावमा यहाँका राष्ट्रिय, क्षेत्रीय पार्टीहरुले आफ्ना एजेण्डा सहित चुनावी प्रचार प्रसार गरिरहेका छन । यसै सन्धर्भमा पिभिडिएले नेपाली मुलका बामपन्थी नेताहरु सँग अन्तर्कृया गरेको हो ।
कार्यक्रममा बामपन्थी नेताहरु बिष्णु भुजेल, प्रकाश पौडेल, बिनोद न्यौपाने, अर्जुन गुरुङ, चित्र सुबेदी, लोक दाहाल,क्रिष्ण पौडेल, गोपाल रेग्मी, रुद्र लम्साल,रकेन्द्र घिमेरेका साथै पिभिडिएका तर्फबाट मेर्तेन, सिम देरेईमाकर र स्तेफको सहभागिता रहेको थियो ।

नेपाली पत्रकारहरु ओम शर्मा, डिल्ली अंमाई र शेर बहादुर छन्त्याल पनि अन्तर्कृयामा सहभागि भएका थिए ।

सहभागि नेताहरुले  निकट भविष्यमा नेपाल र युरोपको बाम्पन्थी आन्दोलनका बारेमा बिस्त्रित छलफल गर्ने प्रतिबद्धता गरेकाछन ।

Leave A Reply

Your email address will not be published.