शिब मन्दिरमा घन्टि बजाउदै पूजा गरेर मनायो प्रवास नेपाली सम्पर्क मञ्च बेल्जियमले प्रथम स्थापना दिवस,

0

स्वतन्त्र प्रवास नेपाली सम्पर्क मञ्च बेल्जियमले आफ्नो प्रथम स्थापना दिवस २० मे का दिन बेल्जियमको औडनार्द (Oudenaarde) मा रहेको शिब मन्दिरमा एक भब्य कार्यक्रम गरि मनाएको छ।

नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्याल प्रमुख अतिथि रहेको कार्यक्रममा प्रवास विभाग का सचिव पदमराज पंन्थी र युरोप हेर्ने ईन्चार्ज तोयाराज अधिकारी आतिथिको रुपमा भर्चुयल उपस्थित हुनुभएको थियो ।

स्वतन्त्र प्रवासी नेपाली सम्पर्क मञ्च बेल्जियम, निनोभ शाखाकी प्रमुख श्रीमती ईन्दिरा खनालज्यूको रेश्टुरेन्ट संगै रहेको शिब मन्दिरमा पुजा गरेर सुरु गरिएको कार्यक्रममा मन्दिरको प्रशाद स्वरुप खीर, तरकारी, सेलरोटी र अचार उपस्थित ब्यक्तिहरुलाई खुवाईएको थियो।

प्रमुख अतिथि मन्त्री अर्यालले नेपालमा हालै भईरहेको राजनैतिक कुराहरुको जानकारी दिनुका साथै बेल्जियमको रास्वपा समर्थकहरुको कामको प्रसंसा गर्नु भएको थियो। आफुहरुले सरकार रिजल्ट निकाल्ने गरेर मिहिनेतका साथ काम गरिरहेको र प्रत्येक हप्ता रास्वपाको चार मन्त्रीहरुको बैठक बस्ने , समिक्षा गर्ने र आगामी कार्ययोजना बनाउने कार्य भैरहेको जानकारी दिनुभयो। मन्त्री अर्याल रास्वपाको प्रवास कमिटिको प्रमुख हुनुहुन्छ।

त्यसैगरि प्रवास कमिटीका सचिब पदमराज पन्थीले रास्वपा माथि नेपाली काँग्रेसले राजनैतिक दादागिरी गरेको र अध्यक्ष रवि लामिछाने माथि नचाहिदो र गलत आरोप लगाएको बताउनु भयो। साथै युरोप हेर्ने प्रमुख तोयाराज अधिकारीले बेल्जियमको स्वतन्त्र प्रवास नेपाली सम्पर्क मञ्चले राम्रो काम गरेको र भविश्यमा अझै राम्रा काम, संगठन विस्तार लगायत मिशन ८४ का लागि हरसंभव सहयोग गर्नका लागि अगाडी बढ्न भन्नुभयो। कार्यक्रममा लुम्विनी कपिलवस्तु ग्लोबल क्याम्पेन बेल्जियमका प्रमुख राजेन्द्र वारीले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो मञ्चका सदस्य याम निरौला र सल्लाहकार प्रकाश कार्कीले मन्त्री अर्याललाई केही जिज्ञासा राख्नुभएको थियो।

संगठनको प्रथम स्थापना दिवसको सभापतित्व मञ्चका बेल्जियम प्रमुख कृष्ण दाहाल, स्वागत मन्तब्य उपप्रमुख रमेश कंडेल र सञ्चालन सचिब डा. गोकर्ण पाण्डेयले गर्नुभएको थियो। कार्यक्रममा सहभागिहरुले आर्थिक संकलन गरी मन्दिरको पूजारीलाई हस्तान्तरण गरिएको थियो। सचिब डा. गोकर्ण पाण्डेयले आफ्नो एक वर्षे प्रतिवेदन पनि प्रस्तुत गर्दै स्वतन्त्र प्रवास नेपाली सम्पर्क मञ्च – बेल्जियमको पहिलो वर्ष धेरै उपलब्धि पूर्ण रहेको र बेल्जियम बसी नेपालीहरुको साथ र समर्थनले गर्दा ७०० भन्दा बढी सदस्य तथा समर्थकहरु स्वतन्त्र प्रवास नेपाली सम्पर्क मञ्च – बेल्जियम संग जोडिनु भएको, ३ वटा शहरमा शाखा समिति गठन भैसकेका तथा अन्य ५ वटा शहरमा शाखा समिति गठन गर्न अन्तिम चरणमा पुगेको जानकारी गराउनुभएको थियो । संगठनले करिब १३ लाखको आर्थिक सहयोग जुटाएर बिभिन्न परोपकारी कामहरु लु लाग्दा पानि पिलाउन, भुकम्प पिडितहरुको पुनर्स्थापनमा, गरिब बिरामीहरुको उपचारमा योगदान दिएको विवरण प्रस्तुत गरिएको थियो ।

१५ मे मा स्थापना दिवस भए पनि १५ मे का दिन बेल्जियम निवासी स्वर्गिय उज्वल केसीको अन्त्यष्ठी परेकोले कार्यक्रम २० मे मा गरिएको हो ।

Leave A Reply

Your email address will not be published.