बिनोद न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न भयो प्रबासी नेपाली मंच बेल्जियमको सातौ अधिबेशन

0

नेकपा एमालेको प्रवासी संगठन प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेसनले आगामी २ बर्षका लागि बिनोद न्यौपानेको अध्यक्षतामा नयाँ कार्य समिती निर्बिरोध निर्बाचित गरेकोछ।

न्यौपाने अध्यक्ष रहेको समितिमा रमेश पौडेल र मुना केसी उपाध्यक्ष, बुद्धि बराल सचिब, हरि सिंखडा र लोकनाथ शर्मा उपसचिब चयन हुनु भएकोछ ।

त्यसै गरी सदस्यहरुमा जीबन शर्मा, पेमा शेर्पा, सुरज खरेल , सबिता अधिकारी दाहाल , अनिता महर्जन, मुना ताम्राकार, राजु बराल, तिर्थ धमला, सारा अर्याल, हरी भट्टराई, जगत सुबेदी , सुर्यनारायण श्रेष्ठ, कमला सुबेदी , गोबिन्द वली, जगत सुबेदी, रहने गरी नयाँ कार्यसमिति निर्बिरोध निर्बाचित भएकोछ ।

निर्बिरोध चयन भएको कार्यसमितिको घोषणा निर्वाचन समिती संयोजक एबम प्रबासी नेपाली मंच युरोपका सचिब सालीकराम थपलियाले गर्नु भएको थियो । ३५ सदस्यीय रहने प्रबासी नेपाली मंचको बाँकी पदाधिकरी पछि कार्यसमितिले मनोनयन गर्ने जनाइएकोछ ।

आईतवार बेल्जियमको एनत्वेरपेनमा भएको मंचको सातौ अधिबेशनले सङ्गठनको बिधान , आर्थिक र प्रगति प्रतिबेदन पारीत गर्दै बन्द सत्रले निर्वाचन प्रकृया द्वारा निर्बिरोध नयाँ कार्यसमिती चयन गरेको हो ।

यस अघि भएको अधिबेशनको उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथि एबम प्रबासी नेपाली मंचका अन्तरराष्ट्रिय कमिटी सचिब हेम शेर्पा , युरोप इंचार्ज भक्त वाग्ले, बेल्जियम अध्यक्ष चन्द्र कुमारी गुरुङ ईशाले पानसमा दीप जलाई अधिबेशनको उद्घाटन गर्नु भएको थियो ।

अतिथिहरुलाई उपाध्यक्ष रमेश पौडेलले स्वागत गर्नु भएको थियो ।

अधिबेशनको सफलताको कामना गर्दै प्रवासी नेपाली मंचका अन्तराष्ट्रिय कमिटीका सचिव सचिव हेम शेर्पा, उपसचिब कर्ण शाही, अन्तर्राष्ट्रिय कमिटी सदस्य सन्तोष भट्टराई, शिव बरुवाल, मंचका युरोप संयोजक मुक्त गुरुङ, युरोप इन्चार्ज भक्त वाग्ले, नेपाली दूतावास बेल्जियमका त्रितीय सचिब रमेश गैरे,एनआरएनए बेल्जियम अध्यक्ष सिता सापकोटा लगायतले शुभकामना दिनु भएको थियो ।

बेल्जियमस्थित वैचारिक, सामाजिक तथा जातिय संघसंस्थाका प्रतिनिधि नेपाली जनसंपर्क समिति बेल्जियमका उपसभापती बिराट जोशी, नेपाली जन प्रगतिशिल मोर्चा बेल्जियम अध्यक्ष मेख गुरुङ, मोर्चाका युरोप अध्यक्ष बदन योङ्हाङ, नेपाली जनप्रगतिशिल मंच बेल्जियम अध्यक्ष प्रकाश पौडेल, मंच युरोप अध्यक्ष चित्र सुबेदी, सँघीय समाजवादी बेल्जियम अध्यक्ष नेत्र मगर, विश्वमगर संघ बेल्जियमका अध्यक्ष लोक राना, तमु समाज बेल्जियमका अध्यक्ष होम गुरुङ, किरात राई सोसाईटिका  बेल्जियमका मुना राई, संयुक्त किरात समाज बेल्जियम महासचिब दौलत कुमार साम्बा, नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्मा लगायतका संघ संस्थाका प्रतिनिधिहरुले मंचको आगामी कार्यकाल सफलताको कामना गर्दै अधिबेशन सफलताको शुभकामना दिनु भएको थियो ।

प्रबासी नेपाली मंच बेल्जियमकी अध्यक्ष चन्द्र कुमारी गुरुङ इशाको सभापतित्वमा भएको कार्यक्रमको संचालन सचिब रुद्र लम्सालले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.