शनिबार लुभेनमा हुने फुड फेस्टिबलको तयारी पुरा, नेपाली ब्यबसायी संघ बेल्जियमको प्रेस मिट,

0

नेपाली ब्यबसायी संघ बेल्जियमले यही मे महिनाको २५ तारिख शनिबार गर्ने नेपाली फुड फेस्टिबलका बारेमा पत्रकार सम्मेलन गरेर जानकारी गराएकोछ ।

कार्यक्रम संयोजक एबम नेबाबका उपाध्यक्ष कासी दनैले पत्रकार सम्मेलनमा बताए अनुसार बेल्जियममा प्रत्यैक दुई बर्षमा हुने फुड फेस्टिबलको तेश्रो संस्करणको लुभेन नगरपालिका प्रमुख मोहमद रुद्वानीले उद्घाटन गर्नेछन । करीब दस हजार ब्यक्तिहरु सहभागि हुने यस नेपाली खाना महोत्सबमा स्थानीय नगरपालिका र नेपाली राजदुताबास बेल्जियमको बिशेष सहयोग र सहभागिता रहेकोछ ।

फेस्टिबलमा बेल्जियममा कार्यरत बिभिन्न देशका गरी करीब १५ देशका राजदूत, युरोपियन युनियनका बिशिष्ठ पदाधिकारीहरु, युरोपियन पार्लियामेन्टका सांसदहरु, बेल्जियम सरकारका बिशिष्ठ ब्यक्तिहरु, र बेल्जियम नागरिकहरु र नेपाललाई माया गर्ने युरोपियन नागरिकहरु सहभागि हुनेछन । बिशिष्ट अतिथिहरुलाई नेपालको पहिचान झल्कने खाले मायाको चिनो प्रदान गरिनेछ ।

फेस्टिबलमा १४ वटा स्टलबाट हिमाल पहाड र तराईमा खाइने १० थरी नेपालीहरु खाना, दुई वटा नेपाली हस्तकलाका सामाग्री बितरण गरिनेछ ४ जना स्वयमसेबकले नेपाली खानाको बारेमा पहुनाहरुलाई खाइरहेको ठाउमा गएर बर्णन गर्नेछन । नेपाली खाना र स्वादको गुणस्तर कन्ट्रोल गर्न स्वयमसेबक परिचालन गरिनेछ। दिनभरिमा सय बढी नेपाली बालबालिकाहरुले नेपाली न्रित्य, गीत प्रस्तुत गर्नेछन । नेपाली कलासंस्क्रिती झल्कने झांकी , नेपाली पोशाकको प्रदर्शनी हुनेछ ।

नेपाल भ्रमण गर्न प्रोत्साहन गर्ने उद्येस्यले एक जना बेल्जियम नागरिकलाई भाग्य चिट्ठा मार्फत नेपालको होटेल बूकिङ र हवाई टिकट प्रदान गरिनेछ ।

नेपाली फुड फेस्टिबलको बेल्जियमका स्थानीय पत्रपत्रीका, रेडियो र टेलिभिजन र सामाजिक संजालबाट प्रचार प्रसार गरिएकोछ । फेस्टिबल हुने स्थानमा डिजिटल पर्दामा नेपालको प्राकृतिक सुन्दरता झल्कने श्रब्य द्रिष्य सामाग्री देखाइनेछ ।

फुड फेस्टिबलको लागि करीब ३० हजार युरो नेपाली रुपंया ४४ लाखको बजेट ब्यबस्था गरिएकोछ । कार्यक्रम मार्फत गरिने बिज्ञापन र प्रायोजन गर्ने कम्पनीले बजेटको लागि सहयोग गरेकाछन ।

नेपाली ब्यबासयी संघ बेल्जियमले नेपाली खानालाई बेल्जियम र युरोपमा परिचित गराउदै सो मार्फत नेपाललाई चिनाउने, नेपाली समुदाय र बेल्जियम नागरिक बिच भाईइचारा बढाउने , नेपालमा पर्यटन प्रबर्धन र आर्थिक बिकासमा योगदान पुर्याउने, यहाँ हुर्कदै गरेको नेपाली दोश्रो पुस्तालाई सहभागि गराएर नेपाल प्रतिको लगाब बढाउने, नेपाली ब्यबसायिहरुलाई बेल्जियममा स्थापित गराउन मद्दत् पुग्ने विश्वाश गरेकोछ ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले बेल्जियममा कृयाशिल नेपाली ब्यबासयीहरु र नेबाब बेल्जियमले गरी रहेका गतिबिधिको बारेमा बताएका थिए ।

नेबाबका अध्यक्ष चिरन कुमार खवासले कार्यक्रमका बारेमा पत्रकारहरुले राखेका जिज्ञाशाको जबाफ दिएका थिए । कार्यक्रमको संचालन महासचिब जगदिश सापकोटाले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.