डिसोफ बेल्जियमको माङ्सेबुङका अपाङ्गहरुलाई सहयोग,

0

बेल्जियमको ब्रुज शहरमा केन्द्रीय कार्यालय रहेको परोपकारी संस्था डिस्याबिलिटी सोलिडारिटी इन्टरन्यासनल फाउन्डेशन (डिसोफ) ले ईलाम जिल्लाको माङ्सेबुङ गाउपालिकाको वडा नम्बर ३ का अशक्तहरुलाई सहयोग गरेकोछ ।

गत बैशाख १३ गते माङ्सेबुङका रुपमान राई, सुमिता राई, अनु राई र नुमहाङ लिङ्देललाई नेपाली रुपया एक लाख बराबर सहयोग गरेकोछ । अभाब ब्यहोरी रहेका उनिहरु चारजनालाई २५/२५ हजार रुपया सहयोग गरिएको हो ।

डिसोफको तर्फबाट सल्लाहकार दौलत कुमार साम्बा र माङ्सेबुङ ३ का वडा अध्यक्ष लछुमन खम्बुले उक्त स्थानका दिब्याङ्गहरुलाई सहयोग हस्तान्तरण गर्नु भएको थियो ।

सो कार्यको संयोजन वडा कार्यालयले गरेको थियो ।

सो अबसरमा सहयोग प्राप्त दिब्याङ्गको तर्फबाट उनिहरुका परिवारले चन्दादाता डिसोफका सदस्यहरु एबम ब्रुगेबासीलाई हार्दिक आभार प्रकट गरेका थिए ।

डिसोफ बेल्जियमले आफ्ना सदस्यहरु र शुभेक्छुकहरु सँग चन्दा संकलन गरेर बिभिन्न समयमा नेपालका बिभिन्न ठाउका अशक्त ब्यक्तिहरुलाई सहयोग गर्दै आएकोछ ।

Leave A Reply

Your email address will not be published.