पस्मिना निर्यात वृद्धि रणनीति

0

काठमाडौँ \ आगामी सन् २०२६ सम्म पस्मिना निर्यात साढे सात करोड अमेरिकी डलरको निर्यात गर्ने लक्ष्य राखिएको छ ।

‘पस्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति २०२२–२०२६’ ले सन् २०२६ सम्ममा पस्मिना निर्यातको आकार सात करोड ५० लाख अमेरिकी डलर पु¥याउने लक्ष्य राखेको हो । प्रमुख अन्तर्राष्ट्रिय बजारमा नेपालका हिमाली च्याङ्ग्रा पस्मिना निर्यात गर्न साना व्यवसायीलाई सहजीकरण गर्ने उद्देश्यले तयार भएको पस्मिना निर्यात सहजीकरण निर्देशिका सार्वजनिक गरिएको छ ।

युरोपेली आयोगको अन्तर्राष्ट्रिय साझेदारीका लागि महानिर्देशनालय (आइएनटिपिए) की उपमहानिर्देशक मिरियम फेरान, उद्योग, नेपालका लागि युरोपियन युनियनकी महामहिम राजदूत भेरोनिक लोरेन्जो, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम अधिकारी तथा नेपाल पस्मिना उद्योग सङ्घका अध्यक्ष धनप्रसाद लामिछानेले नेपाल पस्मिना फाइबर प्रशोधन सुविधामा आयोजित कार्यक्रममा संयुक्त रूपमा सो निर्देशिका सार्वजनिक गर्नुभयो ।‘नेपाल व्यापार एकीकरण रणनीति २०२३’ ले च्याङ्ग्रा पस्मिनालाई निर्यातको उच्च प्राथमिकतामा राखेको छ ।

इयु–नेपाल व्यापार तथा लगानी कार्यक्रमको प्राविधिक सहयोगमा सञ्चालनमा रहेको नेपाल फाइबर प्रशोधन सुविधाको संयुक्त रूपमा शुभारम्भ पनि गरिएको छ । सो सुविधाले च्याङ्ग्रा किसानबाट सङ्कलन गरिएको फाइबर प्रशोधन गरी पस्मिना उत्पादकलाई आपूर्ति गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.