बेल्जियमका ब्यबसायी लोक दाहालले स्थापना गरेको सुशी किङ्ग व्यापारिक समुहले डेढ दशक पुरा गरेकोछ । सुशी किङ्गको १५ औ बार्षिकोत्शबको अबसरमा दक्षिण यसिया र अफ्रिकन देशहरुमा सामाजिक सेवा गरिरहेको बेल्जियन गैरसरकारी संस्था भी-मेडलाई आर्थिक सहयोग गरिएकोछ।
अल्प बिकशित मुलुकमा प्राकृतिक प्रकोपमा तत्काल आबस्यक राहत कार्य गर्ने ,स्वास्थ्य र शिक्षा क्षेत्रमा उल्लेखनीय सहयोग गर्दै आएको बेल्जियन स्वयंसेवी संस्थालाई सनिबार समुहले दुई हजार पांच सय युरो सहयोग गरेको हो ।
एक बिशेष कार्यक्रममा वेस्टमाल नगरपालिकाकि मेयर साना भान लोईले भी-मेडका उपाध्यक्ष गेर्त भानस्प्रिङ्गेल र सदस्य विम्भन हुफ़लेनलाई उक्त सहयोग हस्तान्तरण गर्नु भयो ।
सो अवसरमा मेयर लोईले सुशी किङ्ग ग्राहकहरुको सन्तुष्टि संगै परोपकारी काममा सहयोग गरेर सामाजिक दायित्व पुरा गरेकोमा आभार प्रकट गर्दै बेल्जियममा परिश्रम र पारदर्शितालाई राज्यले सधै समान गर्ने बताउनुभयो। उहाले बेल्जियमका बिभिन्न सहरका सडकहरुमा सुशी किङ्गका खना पुर्याउने ( डेलिभरी गर्ने ) गाडीहरु गुडेको भेटिदा आफुलाई खुशी लाग्ने गरेको अनुभब सुनाउदै, तपाइहरुको परिश्रम र ग्राहक प्रतिको लगाब तारिफयोग्य छ भन्नुभयो।
सन् २०१० मा वेनिङ्गेममा पहिलो रेस्टुरेन्ट खोलेर ब्यबसाय सुरु गरेको सुशिकिंग समूहको अहिले १० वटा सुशी रेस्टुरेन्ट र अन्य ब्यबसाय संचालनमा छन् भने करिब एक सय बढीलाई रोजगारी दिएकोछ।
समुहले नेपालको भुकम्प लगायतका प्राकृतिक विपत्तिका बेला, कोरोना महामारीको समयमा संस्थागत सहयोग गर्दै आएकोछ भने व्यापारिक स्वच्छता, स्वस्थ प्रतिस्पर्धा मार्फत पाएको सफलताका लागि २०२३ मा ( गाजेल एन स्नेलग्रोइन्द ) द्रुत गतिमा स्थापित एबम बिकशित व्यापारिक प्रतिष्ठानको पुरुस्कार प्राप्त गरेकोछ।
शुशी किङ्गले आफ्ना पुर्ब कर्मचारीहरुलाई मिनिमम रोयल्टीमा सुशी ब्यबसाय गर्नका लागि सहयोग गर्दै आएकोछ।
शुशिकिंगका प्रबन्ध निर्देशक काशी दनैले बेल्जियमको स्थानीय परोपकारी संस्था मार्फत गरिएको सहयोगले नेपाल लगायत अन्य देशमा अति पिछडिएका समुदाय र प्राकृतिक विपदमा परेकालाई आबस्यक सहयोग पुगोस भनेर सुशीकिङ्गले आफ्नो बार्षिकोत्शबमा नगद सहयोग गरेको बताउनुभयो।
दनैले समुहको सफलताका लागि योगदान गर्ने सुशिकिंग परिवारका सबै सदस्य कर्मचारी, ग्राहक र सुभेक्षुकहरुलाई धन्यबाद दिनुभयो ।

