बेल्जियमका बिभिन्न सहरमा जेनजी सहिदहरुलाई श्रद्धान्जली,

0

जेनजी पुस्ताका भाइबहिनीहरुले भ्रष्टाचार र सामाजिक संजाल बन्द बिरुद्ध गरेको आन्दोलनमा सहिद भएका जेनजीहरुलाई आज बेल्जियममा स्वतस्फुर्त रुपमा दीप प्रज्वलन गरि श्रद्धान्जली अर्पण गरियो।

बेल्जियमका बिभिन्न सहरमा नेपाली राष्ट्रिय गीत गाउदै पुष्पगुच्छा चढाएर मौनधारण गरि युबा सहिदको स्मरण गरियो। बेल्जियमको एनत्वेरपेनमा भेला भएका युबा भाइबहिनी एबम महिला दिदीबहिनीहरुले सेन्जेनपार्कमा दीप प्रज्वलन गरेर सहिद प्रति सम्मान व्यक्त गरे ।

बेल्जियममा जन्मे हुर्केका बाबुनानीहरुले पनि भ्रष्टाचारी सरकार बिरुद्ध आफ्नो उमेरका जेनजीले गरेको आन्दोलनमा एक्यबद्धता जनाए । आफनै छोराछोरी उमेरका युबाहरु सहिद भएको र तिनलाई श्र्द्धानजली दिदा बिशेष गरि महिलाहरु भावुक बनेका थिए।

त्यसै गरि बेल्जियमको लुभेन,ब्रसेल्स,ब्रुगे लगायतका सहरमा पनि दीप प्रज्वलन गरि मृतात्माको चीरशान्तिको कामना गर्दै श्रद्धान्जली व्यक्त गरियो।

देशमा भएको ठुलो जनधनको क्षतिबाट विक्षिप्त र भावुक भएका प्रवासका नेपालीहरु देशको सिघ्र शान्ति सुब्यबस्थाको कामना गरिरहेकाछन।

Leave A Reply

Your email address will not be published.