बेल्जियममा नेपथ्यको लाइभ प्रस्तुति, झुमे नाचे, देशको मायामा गमे नेपाली,

लोक शैलीका गीत गाउदै लोक शैलीमा दर्शकहरुलाई अमृत गुरुङले भने "जहाँ रहेपनि जहाँ गए पनि नेपाललाई नबिर्सनु है"

0

लोकप्रिय नेपाली ब्यान्ड नेपथ्यका अमृत गुरुङले बुधबार बेल्जियममा दिएको लाइभ प्रस्तुतिले नेपाली समुदायलाई मन्त्रमुग्ध मात्र बनाएन, देशप्रेमको भावनाले पनि भरिपूर्ण बनायो।

आफुले खाएखेलेको प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपालको मौलिक चित्र सम्झिदै पहिलो पुस्ताका दर्शकहरु २ घन्टाको गुरुङको प्रस्तुतिमा भावबिभोर भए भने जेनजी पुस्ताले नेपालसंगको नातालाई कहिल्यै नबिर्सने  प्रण गर्यो।

१४ जनाको सांगीतिक टीम सहित आएका गुरुङले “छेक्यो छेक्यो देउराली डाडा,जोगले हुन्छ भेट,लम्पाते सुरती,जोमसोम बजार” लगायतका चर्चित गीतहरू प्रस्तुत गर्दै उपस्थित नेपालीलाई “देशलाई कहिल्यै नबिर्सनु” भन्दै भावुक अपील गरे।

उनले भने, “उन्नाइस वर्षअघि यहाँ आउँदा थोरै नेपाली मात्र भेटिएको थियो । तर आज यति धेरै नयाँ भाइबहिनीहरू आफ्नो संगीत सुन्न आएको देख्दा अत्यन्त हर्षित भएकोछु।”

गीतसँगै उनले प्रवासी नेपालीलाई सामाजिक सन्देश पनि दिए । १२ महिनामा जम्मा १२ दिनको कमाइ मात्र भए पनि विद्यालय जान नसकेका आर्थिक अभावग्रस्त बालबालिकाको शिक्षा आर्जनका लागि सहयोग गर्न उनले दर्शकलाई आग्रह गरे। साथै, उनले थपे, “तपाईंहरू आर्थिक, सामाजिक वा राजनीतिक जे कारणले यहाँ आउनुभएको भए पनि, मातृभूमि नेपाललाई कहिल्यै नबिर्सनु होला।”

नेपालमा कुनै सामजिक संदेश दिनु परेमा गाउका कटुवालले गाउको भलाइका लागि “येसो गर्नोस है” भन्ने सैलिमा गुरुङले भने जहाँ गए पनि जहा रहे पनि “आफ्नो मातृभाषा नबिर्सनु है” !

मादल इन्टरटैनमेन्ट र असियाँ ज्वेलरीले आयोजना गरेको नेपथ्यको लाइभ कन्सर्टमा अमृत गुरुङको सादगी र पप शैलीको नेपाली लोकभाका मन पराउनेहरुको भिडभाड थियो।

बिश्व प्रसिद्ध कलाकार र गायकहरुको प्रस्तुति हुने लिंत सहरको एड कन्सर्ट हलमा भएको कार्यक्रममा बेल्जियम मात्र नभई आयरल्याण्ड, बेलायत, स्पेन, डेनमार्क, नर्वे, जर्मनी, नेदरल्याण्ड र लक्जेम्बर्ग लगायतबाट आएका नेपथ्यका करिब २००० बढी फ्यानहरूको ठूलो उपस्थिति देखिएको थियो।

दर्शकहरुमा धेरै युरोपमा हुर्केको र युरोपमा जन्मेको जेनजी पुस्ताका युबाहरु थिए।

नेपाली समुदायले बेल्जियममा आयोजना गरेका कार्यक्रममध्ये एकै ठाउँमा यति धेरै दर्शक भेला भएको यो पहिलो ऐतिहासिक अवसर भएको आयोजक मध्यका अजित तुलाचन र रितेश गुरुङले जनाएका छन्। साथै उनीहरुले कार्यक्रम सफल बनाउन सहयोग गर्ने स्पोन्सरहरु स्वयम् सेवक, ब्यबस्थापन सहयोगी , दर्शकहरु र नेपथ्यको सम्पर्ण टिमलाई धन्यबाद व्यक्त गरेकाछन्।

Leave A Reply

Your email address will not be published.