एभरेष्ट नेपाली समाजको अध्यक्षमा शिव तिमील्सिना र महासचिबमा दौलत कुमार साम्बा,

0

ब्रुजमा बस्ने नेपालीहरुको सामुदायिक संस्था एभरेस्ट नेपाली समाज ब्रुजको अध्यक्षमा शिव तिमल्सिना चयन भएका छन् ।

बुधवार ब्रुजमा सम्पन्न संस्थाको छैटौं अधिवेशनले तिमल्सिनाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको हो ।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा पुनम शर्मा, उपाध्यक्षहरुमा विष्णु सुवेदी, प्रल्हाद थापा, महासचिबमा दौलत साम्बा, कोषाध्यक्षमा ज्योति घिसिङ, सचिबमा नारायण तिमल्सिना, युवा संयोजकमा दिपेश घिमिरेलाई चयन गरिएकोछ ।

सदस्यहरुमा सन्तोष न्यौपाने (प्रबक्ता), सावित्री कंडेल, गीता सिखडा, संजिब अर्याल र सीता सुनार रहेका छन् ।
प्रमुख सल्लाहकारमा सावित्रा गिरी, सल्लाकारमा मनकाजी गुरुङलाई अधिबेशनले चयन गरेकोछ ।

यस अघि एभरेस्ट नेपाली समाज ब्रुजका अध्यक्ष खडानन्द पौडेल पौडेलको अध्यक्षतामा भएको उद्घाटन सत्रमा एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटा, पूर्व अध्यक्ष दुर्गा सुबेदी, डिल्ली सुब्बा, पूर्ण तिमील्सिना, लगायतले अधिबेशन सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रमको संचालन महासचिब शिव तिमील्सिना र स्वागत दौलत कुमार सम्बाले गरेका थिए ।
सन २०१० मा सुरु भएको एभरेस्ट नेपाली समाजले नेपाली कला संस्क्रितिको पर्बर्धन, नेपाली मौलिक चाडबाड मनाउने, सांस्कृतिक कार्यक्रम आयोजना गर्ने र बिपदको बेला नेपाललाई सहयोग अग्र्ने गर्दै आएकोछ ।

Leave A Reply

Your email address will not be published.