क्रिकेटर संदीप लामिछानेले पाए बलात्कार मुद्दामा सफाई

0

बलात्कारको मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएका छन् ।

उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाइ दिएको प्रवक्ता विमल पराजुलीले संचारमाध्यमलाई  जानकारी दिए । ‘जिल्ला अदालतले यस अघि गरेको फैसला  पूर्ण रुपमा उल्टिएको छ’ उनले भने, ‘सन्दीपले पूर्ण रुपमा सफाइ पाउनुभएको छ ।’ जिल्ला अदालतले सन्दिपलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो ।

फैसला गर्ने न्यायाधीशहरुको राय किताबमा जिल्लाको फैसला उल्ट्याउने विषय मात्रै उल्लेख भएको भन्दै प्रवक्ता पराजुलीले सफाइ दिनुको आधार र कारणबारे पूर्णपाठमा मात्रै विस्तृत विवरण खुल्ने बताए ।

Leave A Reply

Your email address will not be published.