कलाकार स्व. उज्वल केसीको भाबुक बिदाई

0

गत शनिबार अल्पायुमै निधन भएका कलाकार एबम पत्रकार उज्वल केसीको बेल्जियमको नेपाली समुदायले भाबुक बिदाई गरेकोछ । आजै स्वर्गीय केसीको अन्तिम संस्कार सम्पन गरिएकोछ ।

आज बिहान मेर्कसेमको सामुदायिक फ्युनरल केन्द्रमा बेल्जियमका नेपाली समुदायका अगुवाहरु, केसीका साथीभाईहरु र परिवारका सदस्यहरुले म्रित शरीरमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धान्जली अर्पण गरेका थिए ।

गत शुक्रबार हृदयघातका कारण निधन भएका केसीको पार्थिब शरीरलाई अन्तिम बिदाईका लागि फ्युनरल केन्द्रमा ल्याइएको थियो । फ्युनरल केन्द्रमा जम्मा भएका करीब ३५० भन्दा बढी नेपालीहरुले केसीले गरेका कामको स्मरण गर्दै नेपाली समुदायले एउटा सशक्त उर्जाबान सदस्य गुमाएको भन्दै दु:ख ब्यक्त गरेका थिए ।

सो अबसरमा केसीकी छोरी रिजाले आफ्ना पिताको अन्तिम बिदाइका लागि आएका स्वजनहरुलाई परिवारको तर्फबाट धन्यवाद ज्ञापन गरेकी थिईन ।

नेपाली समुदायको तर्फबाट एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटा र नेपाली दुतावास बेल्जियमका त्रितीय सचिब रमेश गैरेले स्वर्गीय केसीको आत्माको चीरशान्तिको कामन साथै परिवारजनमा समबेदना प्रकट गर्नु भएको थियो ।

मिन क्षेत्रीले सहजिकरण गरेको श्रद्धान्जली सभामा पन्डित बिदुर अधिकारीले बैदिक बिधि पूर्वक केसीको आत्माशान्तिको कामना गर्नु भएको थियो ।
स्वर्गीय केसी बिगत दुई दशक देखि बेल्जियममा बसोबास गरिरहेका केसी नेपाली कला जगतमा चीरपरिचित नाम हो । नेपाली चलचित्रमा अभिनय, चलचित्र एबम म्युजिक भिडियो छायांकन, एडिटिङ, रेडियो र टेलिभिजन कार्यक्रम प्रस्तोता लगायत पत्रकारिता क्षेत्रमा सकृय केसीका हिन्दी र अग्रेजीका भिडियोहरु पनि छायांकन गर्नु भएकोछ ।

हिन्दी म्युजिक जगतका प्रख्यात गायक कुमार सानु , उदित नारायण लगायत सँग काम गरेका केसी नेपाली , हिन्दी र अङ्रेजी गरी करीब सयौ म्युजिक भिडियो निर्माण गर्नु भएकोछ । केसीले गर्दै बाँकी रहेका परीयोजना सोही बिषय अध्ययन गरेकी उनकी कान्छी छोरी लिजाले सम्पन्न गरेर बाबाको सपना साकार पार्ने बताएकिछिन ।

बेल्जियमको नेपाली समुदायले सामाजिक बिषयबस्तुमा प्रष्ट धारणा राख्ने मिलनसार ब्यक्तित्व भएका ब्यक्तिका रुपमा केसीलाई सम्झिरहनेछ । हार्दिक श्रद्दान्जली ।

Leave A Reply

Your email address will not be published.