प्रबासी मंच बेल्जियमको अधिबेशन यही आईतवार एन्टवेरपेनमा हुने , आगामी २ बर्षका लागि सर्बसम्मत कार्यसमिती बन्ने,

0

प्रबासी नेपाली मंच बेल्जियमको आठौ अधिबेशन यही मे महिनाको १९ तारिख आईतवार हुने भएकोछ । नेकपा एमालेको प्रबासी संगठन मंचको अधिबेशनले आगामी दुई बर्षका लागि नयाँ नेत्रित्व चयन गर्नुका साथै साँगठनिक कार्ययोजना बनाउने मंचकी अध्यक्ष चन्द्र कुमारी गुरुङ ‘इशा’ ले बताउनु भएकोछ ।

अधिबेशनमा संगठनका युरोप सन्योजक मुक्त गुरुङ, युरोप इन्चार्ज भक्त वाग्ले,अन्तरराष्ट्रिय कमिटी सचिब हेम शेर्पा र उपसचिब कर्ण शाही लगायतका अतिथिहरु सहभागि हुनेछन,भने स्थानीय संघ संस्थाका प्रमुख र प्रतिनिधिहरुका साथै संगठनमा आबद्ध अग्रज र सदस्यहरुको सहभागिता रहनेछ।

अधिबेशन ब्यबस्थापनको तयारीका लागि अन्तिम चरणमा पुगेकोछ ।सबल प्रबासी,सम्ब्रिद्ध नेपाली, सुखी नेपाली,अधिबेशनको नारा तय गरिएकोछ ।

दुई बर्ष अघि माधव नेपालले पार्टी बिभाजन गरे पछी दोश्रो पटक हुन लागेको अधिबेशनले बिदेशमा रहेका बामपन्थीहरुलाई एकजुट बनाएर बैदेशिक रोजगार, नेपाली नागरिकताको निरन्तरता र बिदेशबाट मतदानको अधिकार लगायतका बिषयमा सशक्त अभियान चलाऊनका लागि बेल्जियम कमिटीले काम गर्ने आफुले विश्वास लिएको प्रबासी नेपाली मंच युरोपका सचिब शालिकराम थपलियाले बताउनु भएकोछ ।

१३३ जना संगठित सदस्यले भाग लिने यो पटकको अधिबेशनले सर्बसम्मत रुपमा आगामी दुई बर्षका लागि नयाँ नेत्रित्व चयन गर्ने विश्वाश गरिएकोछ। मंचका संस्थापक सदस्य एबम बर्तमान उपाध्यक्ष बिनोद न्यौपानेको अध्यक्षतामा सर्बसम्मत कार्यसमिती बनाउन सहमति बनि सकेको मंचका पूर्व अध्यक्ष अर्जुन गुरुङले बताउनु भएकोछ ।

Leave A Reply

Your email address will not be published.