सविन राई बेल्जियम आउँदै, इकोन क्लबमा फ्यारोको पप धामका हुने,

0

बेल्जियमको नेपाली समुदायलाई मनोरंजन गराउन बिभिन्न सांगितिक कार्यक्रम गर्दै आएको मादल इन्टरटैनमेन्टले बेल्जियमका नेपाली दर्शक माझ चर्चित पप गायक सविन राई र उनको ब्यान्ड फ्यारोलाई उतार्ने भएकोछ ।

आगामी मे १३ तारिख सोमबार साँझ बेल्जियमको एन्तवेरपेन शहरमा रहेको इकोन क्लबमा गायक राईको टिम र स्थानीय कलाकारहरुले मनोरंजन गराउनेछन । ‘कोमल त्यो तिम्रो वदन’ ‘गुराँशको फेद मुनि’ ‘किन कि म’ ‘नमूना’, ‘म संसार जित्ने आश गर्दैछु,’ जस्ता कालजयी गीतका  गायक सविन राई नेपाली युबा पुस्ताले रुचाइएका गायक हुन ।

राईले पहिलो पटक बेल्जियममा आफ्नो सांगितिक प्रस्तुति दिन आउने भएकोले श्रोताहरुमा निकै उत्साह देखिएको र कार्यक्रमको टिकटको माग धेरै रहेको आयोजक मादल इन्टरटैनमेन्टका अजित तुलाचनले चारदिशालाई जानकारी गराएकाछन ।

तुलाचनका अनुसार काली प्रसाद बास्कोता, त्रिष्ण गुरुङ, राजु लामा जस्ता संगीत क्षेत्रका हस्तिहरुको कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको र यहाँको नेपाली समाजले सुन्न चाहेका गायक सविन राईको कार्यक्रममा पनि ठुलो उत्साह देखिएको छ ।

कार्यक्रमबाट उठेको रकमको केही अंश नेपाल गरीब बिपन्नहरुलाई सहयोग गर्ने आयोजक संस्थाले जनाएकोछ ।

कार्यक्रममा बेल्जियमका चर्चित गायक लाहुरे कान्छाले सधैं झै दर्शकलाई नचाउनेछन भने डिजे पार्टी पनि हुनेछ ।

Leave A Reply

Your email address will not be published.