नेपाली फुड फेस्टिबल बारेमा नेपाली ब्यबसायी संघले नेपाली संघ संस्थाहरुसँग अन्तर्कृया गर्ने

0

नेपाली ब्यबसायी संघ बेल्जियमले यही महिनाको २५ तारिख आयोजना गरेको फुड फेस्टिबल ( नेपाली खाना महोत्सब ) को लागि बेल्जियममा सकृया संघ संस्था र सामाजिक अगुवाहरुसँग अन्तर्कृया गर्ने भएकोछ ।

लुभेन शहरको लादुज प्लेनमा हुन लागेको महोत्सबलाई नेपाली कला संस्क्रितिको प्रचार प्रसार र नेपाली खानाको पर्बर्धन गर्नका लागि आबस्यक सल्लाह सुझाब र सहयोगका लागि छलफल र अन्तर्कृया गर्न लागिएको हो ।

कार्यक्रम सन्योजक एबम नेबाबका उपाध्यक्ष कासी दनैले चारदिशालाई बताए अनुसार कार्यक्रमको तयारी तिब्र गतिमा भैरहेकोले त्यसमा नेपाली समुदायका अग्रजहरुको सुझाब अनुसार ब्यबस्थापन गर्न सकियोस भनेर यही १२ तारिख आईतवार भर्चुअल छलफल गर्न लागिएको हो ।

नेपाली ब्यबसायी संघको ब्यबस्थापन र नेपाली दुतावास ब्रसेल्स एबम नेपाली संघ संस्थाहरुको सहभागितामा प्रत्येक दुई बर्षमा गरिने नेपाली फुड फेस्टिबलले युरोपमा नेपाललाई चिनाउन र पर्यटन पर्बर्धन गर्न सहयोग पुग्ने उद्यस्य राखिएकोछ ।

नेपाली समुदायको गौरब र राष्ट्रको पहिचानका लागि अबसर हुन सक्ने यस् कार्यक्रमलाई आ-आफ्नो तर्फबाट सहयोग गरि सफल बनाउन नेपाली ब्यबसायी संघ बेल्जियमका अध्यक्ष चिरन कुमार खवासले अनुरोध गर्नु भएकोछ ।

Leave A Reply

Your email address will not be published.