जुरिक नेपाली स्पोर्ट्स क्लब स्वीजरल्याण्डले आउने जुलाईमा “ तेर्सो पिङ्ग पोङ्ग प्रतियोगिता ” आयोजना गर्ने,

0

नेपाल तथा स्वीसमा खेलकुद तथा बिभिन्न सामाजिक कार्यक्रम गर्दै आएको जुरिक नेपाली स्पोर्ट्स क्लब (ZNSC) स्वीजरल्याण्डले जुरीकमा “तेर्सो पिङ्ग पोङ्ग (Table Tennis) प्रतियोगिता २०२४” को आयोजना गर्ने भएको छ।
त्यस्तै प्रकारले आगामी दिनहरुमा पनि प्रतियोगितालाई निरन्तरता दिदै स्वीसबासी नेपालीहरुको चाहनालाई मध्यनजर राख्दै यहि २०२४ आउने जुलाइको ६ तारिक(06-07-2024) शनिबारको दिन जुरीक नेपाली स्पोर्ट्स क्लब (ZNSC) ले खेल प्रतियोगिता सम्बन्धि आधिकारिक नियम सार्वजनिक गर्दै खेलाडीहरुलाई सहभागिताका लागि आव्हान गरेको छ।

“खेल नै स्वास्थको धन हो ” भन्ने मुल नाराका साथ खेलको माध्यमबाट आफ्नो आत्मबल उच्च राख्न र मन र शरीरलाई स्वस्थ र फ़ुर्तिलो बनाउनुका साथै नेपाली कला ,खेल र संस्कृतिको संरक्षण, सम्बर्धन गर्दै खेलाडीहरुलाई हौँसला प्रदान गर्न आयोजना गरेको प्रथम र द्रोसो पिङ्ग पोङ्ग कार्यक्रमले सफलता हाँसिल गरे पश्चात् फेरि पनि खेलप्रेमिहरुको सहयोगको अपेक्षा राख्दै यो कार्यक्रम आयोजना गरिएको संस्थाले उल्लेख गरेकोछ ।

प्रतियोगितामा सिङ्गल र डबल खेल खेलाइने छ ।पुरस्कार प्रथम र दोश्रो मात्रलाई पुरस्कार दिने निर्णय भएको जानकारी राखिएकोछ । डबलमा पहिलो हुनेलाइ ४००,- स्वीस फ्रान्क र दोश्रो हुनेलाइ २००,- स्वीस फ्रान्क र त्यस्तै सिङ्गल तर्फ पहिलो हुनेलाई ३००।- स्वीस फ्रान्क र दोश्रो हुनेलाइ १५०।-स्वीस फ्रान्क नगद सहित ट्रफी र प्रमाण-पत्र प्रदान गरिने छ।

खेलमा सहभागीताका लागी आफ्नो नाम दर्ता गराउन पनि अनुरोध गरिएकोछ । दर्ता शुल्क नलाग्ने छैन, आयोजकले प्रतियोगितामा आउने खेलाडी तथा अन्य पाहुनाहरुलाई केही समस्याहरु पर्न गएमा मुल आयोजक समितिलेनै हेर्ने जनाइएको छ।

जुरिक नेपाली स्पोर्ट्स क्लबको प्रतियोगिता सम्बन्धी नियमहरु :

१-खेल प्रतियोगिता गोलापर्था द्वारा खेलाइने छ।
२- खेल सम्बन्धि नियमहरु आयोजकले नै गर्नेछ तर केही परिवर्तन गर्नुपरेमा अन्य खेलाडीहरु संग पनि परामर्श गरिने छ।
३- खेल प्रचलित नियम अनुसार खेलाइने छ।
४- खेल नकाउत सिस्टममा खेलाइने छ तर दुबै खेलमा फाइनल भने बेस्टब ५ खेलाइने छ।
५- खेलमा कुनै किसिमको बादबिबाद भएमा रेफ्री र आयोजक कमिटीको निर्णय अनुसार समाधान गरिने छ ।
६- खेल बिहान देखिनै शुरु हुनेछ तर सम्पुर्ण खेलाडी पाहुनाहरुलाइ विनम्र अनुरोध गर्दछौ कि आफ्नो समयलाई ध्यानमा राखी समयमै उपस्थिति भै समयमै खेल संचालन गर्न सहयोग गर्नु हुने छ।
७ – खेलमा सहभागीता जनाउनु हुने इच्छुक खेलाडी साथीहरुले ५ दिन अगाबै दर्ता गराउनु पर्ने आयोजक समितिले निर्णय गरेको जानकारी गराएको छ।
८- दर्ता शुल्क सिङ्गललाइ स्वीस फ्रान्क ३०।- र डब्बल लाई स्वीस फ्रान्क ५०।- लाग्ने छ।
साथै सम्पुर्ण नेपाली स्वीसबासी तथा नेपाल प्रेमी स्वीसहरुलाइ पनि सहभागी भइदिनुहुन जुरिक नेपाली स्पोर्ट्स क्लबले अनुरोध गर्दै साथमा साधारण पिउने र खाना र पेय पदार्थ को पनि ब्यबस्था गरेको जानकारी गराउदछौ तर अल्कोहल पदार्थको लागि मुल्य तिरेर पिउनु पर्ने ब्यबस्था गरिएको छ।

पुनश्च्य :-
खेल तोकिएकै मितिमा संचालन हुने प्रतिबद्धता गर्दै यो समाचार लेख्ने समय सम्म खेल खेल्ने स्थान पहिले खेलेको स्थान जुरिक ओर्लिकोन माक्स बिल प्लजमा( outdoor ) हुने जानकारी गराउंदछौ अन्यथा कुनै कारण बस् बदली गर्नु परेमा वा बर्षात भएमा छिटोभन्दा छिटो खेल खेल्ने स्थान सुनिश्चित गरि तुरुन्त प्रकाशन गरिने र फोन तथा इ -मेल मार्फत जानकारी गराइने कुरा जुरिक नेपाली स्पोर्ट्स

Leave A Reply

Your email address will not be published.