नेपाली मिलन केन्द्र एन्टवेरपेन बेल्जियमले आयोजना गरेको सेन्जेन र लग्जेम्बर्ग भ्रमण सम्पन

0

बेल्जियमको एन्टवेरपेन शहरमा सामाजिक सांस्कृतिक गतिबिधि गरी रहेको नेपाली सामुदायिक संस्था नेपाली मिलन केन्द्र एन्टवेरपेनले पास भाकान्सीको अबसर पारेर लक्जेम्बर्गको अबलोकण भ्रमण गराएकोछ । संस्थाले आयोजना गरेको भ्रमण कार्यक्रममा  बालबालिकाहरु, महिला दिदिबहिनीहरु लगायतको
सहभागितामा पारिवारिक बातावरणमा सम्पन्न भएको संस्थाकी अध्यक्ष कान्ती तिमील्सिना अधिकारीले जानकारी गराउनु भएकोछ ।

नेपाली नयाबर्ष, तीज, शिबरात्री जस्ता पर्बहरुमा सामुदायिक, सांस्कृतिक कार्यक्रम  गर्दै नेपाली संस्क्रिति प्रबर्धन गरी रहेको संस्थाले यो पटक बालाबिलकाहरुको बिदाको अबसर पारेर भ्रमण कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा १२३ जना सहभागि हुनुहुन्थ्यो ।

युरोपियन देशहरुको साझा युनियन बनाउने सन्धि भएको जर्मनी फ्रान्स र लग्जेम्बर्गको त्रिबेणी सेन्जेन र लग्जेम्बर्गको ऐतिहासिक किल्ला र राजदरबार लगायतका ठाउको अबलोकन गरीएको सहभागिहरुले बताएकाछन ।

Leave A Reply

Your email address will not be published.