नयाँ बर्षमा क्षेत्री समाज र बाग्लुङ समाज बेल्जियमको सांस्कृतिक साँझ, प्रिती आलेले ब्याटलमा जितिन बेल्जियमबासिको मन,

0

क्षेत्री समाज बेल्जियम र बाग्लुङ समाज बेल्जियमले संयुक्त रुपमा आयोजना गरेको नयाँ बर्षको समारोहमा नेपाली प्रख्यात गायिका प्रिती आले, गायक तुलसी सिवाकोटी, लाहुरे कान्छा लगायतको सांगितिक प्रस्तुति र लुभेन नगरपालिकाका मेयर मोहम्मद रुद्वानी , उपमेयर दिर्क भानसिना र बेनेलक्स र युरोपियन युनियनका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारीले शुभकामना सहित उल्लासमय रुपमा मनाइएकोछ ।

बेल्जियमको नेपाली समुदायमा बिरलै हुने दुई संस्थाको संयुक्त आयोजित कार्यक्रममा बेल्जियमबासी नेपालीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । ‘फेस्टिब मुड’मा रहेका दर्शकलाई आलेले खुर्सानी डल्ले, बुट्टा रैछ खुर्पेटो, साढे गोरु, लगायका ब्याटल, दोहरी र लाहुरे कान्छा तथा शिवकोटीले बिभिन्न नेपाली रिमिक्स गीतमा छमछमी नचाएका थिए ।

राजदुत राजभन्डारी, अध्यक्षद्वय दिपक कार्की र महेन्द्र पन्तले पानसमा दीप प्रज्वलन गरी सुरु भएको कार्यक्रममा नेपाल र बेल्जियमका राष्ट्रिय गीत बजाइएको थियो ।

छोट्टो औपचारिक कार्यक्रममा मेयर रुद्वानी, राजदुत राजभन्डारी,उपमेयर भानसिन, एनआरएनए  बेल्जियम अध्यक्ष सीता सापकोटा, एनआरएनए बेल्जियमका पूर्व अध्यक्ष गंगाधर गौतम लगायतले क्षेत्री समाज बेल्जियम र बाग्लुङ समाज बेल्जियमले नयाँ बर्ष र चैते दशैको अबसर पारेर संयुक्त आयोजना गरेको कार्यक्रमले भिन्नै अनुभुती दिएको बताउदै सफलताको शुभकामना दिनु भएको थियो ।

मेयर र उपमेयरले लुभेनको नेपाली समुदायले लुभेनलाई बहुसांस्कृतिक र रङ्गिन बनाएको र शहरको बिकास र स्थायित्वका लागि नेपालीहरुले कडा मिहिनेत गरेर आफ्नो क्षमता देखाएकोमा खुशी ब्यक्त गर्दै नेपाली नयाँ बर्षको शुभकामना दिनु भएको थियो ।

बेल्जियममा सक्रिय नेपाली संघ संस्थाका पदाधिकारीहरु अतिथि भएको कार्यक्रमलाई कार्यक्रममा बाग्लुङ समाजका अध्यक्ष महेन्द्र पन्तले नयाँ बर्षको शुभकामना दिदै स्वागत गर्नु भएको थियो ।

बाग्लुङ समाजका महासचिब प्रभात पौडेल र क्षेत्री समाजका महासचिब राजु क्षेत्रीले संचालन गरेको कार्यक्रमको समापन गर्दै क्षेत्री समाजका अध्यक्ष दिपक कार्कीले कार्यक्रममा उपस्थित अतिथि लगायत सहयोगि, सहभागि सबैलाई धन्यवाद दिनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.