इनासको युरोपस्तरीय न्रित्य र गायन प्रतियोगिताका लागि बेल्जियमबाट छोक्तेन लामा र आयुष्मा गुरुङ छनोट ,

0

अन्तररास्ट्रिय कलाकार समाज इनास युरोपले आगामी मे महिनाको ११ र १२ मा फ्रान्सको पेरिसमा आयोजना गर्ने युरोप स्तरीय गायन एबम न्रित्य प्रतियोगिताका लागि बेल्जियममा भएको छनोट प्रतियोगितामा न्रित्यमा छोक्तेन लामा र गायनमा आयुष्मा गुरुङ छनोट भएकाछन ।

इनास बेल्जियमले आयोजना गरेको छनोट प्रतियोगितामा सहभागि भएका सहभागि मध्यबाट निर्णायकहरु पार्वती अधिकारी, आरती गुरुङ र निकिता सापकोटाको निर्णायकमन्डलले उनिहरुलाई छनोट गरेको हो ।

न्रित्यका लागि लोक र आधुनिक गीतमा सहभागिहरुले आफ्नो प्रस्तुति देखाएका थिए । गायनमा छनोट भएकी गुरुङले पनि दुई वटा गीत प्रस्तुत गरेकी थिईन । न्रित्यमा सहभागि भएर उत्कृष्ट प्रस्तुति दिएका अनुष्का शर्मा, सृस्‍टि अधिकारी, र आरोही शर्मालाई इनासका केन्द्रीय उपाध्यक्ष अर्जुन काफ्ले र युरोप उपाध्यक्ष श्याम श्रेष्ठले सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा इनास बेल्जियम द्वारा संचालित न्रित्य कक्षाका प्रशिक्षिकाहरु सुबिक्षा मल्ल,बिबिता मल्ल , रचना कंडेल र स्‍मृति गिरी र स-साना नानीबाबुहरुले आफ्नो कला प्रस्तुत गरेका थिए । सुरक्षा आले मगरले नेपाली गीत गाएर मनोरंजन गराएकी थिईन । प्रतियोगिता समापन पछि सामुहिक नाच गान गरिएको थियो ।

कार्यक्रममा बेनलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभण्डारी, एनआरएनए महिला उपाध्यक्ष साबित्री गिरी, महासचिब रुबिना शर्मा, पत्रकार राजेन्द्र भट्ट, ओम शर्मा, तथा  बिष्णु सुबेदी, रमेश कंडेल  लगायत बालबालिकाहरुका अबिभाबकहरु र ब्रुगेबासी नेपालीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रमको संचालन इनास बेल्जियमका अध्यक्ष बिनिता रिमाल कंडेलले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.