प्रबासी नेपाली मंच स्लोभेनिया स्थापना

0

नेकपा एमालेको प्रबास संगठन प्रबासी नेपाली मंचको स्लोभेनिया कामिटि गठन भएकोछ । प्रबासी नेपाली मंच युरोपका सचिब शालिकराम थपलियाको सहजिकरणमा प्रबासी नेपाली मंच स्लोभेनियाको १५ सदस्यीय तदर्थ समिती गठन भएको हो ।

अप्रिल एक तारिख अनलाइन र भौतिक गरी सम्पन्न नेकपा एमाले सम्बद्ध स्लोभानियाका नेपालीहरुको भेलाले तिलक विश्वकर्माको अध्यक्षतामा गठन गरेको समितिको उपाध्यक्षमा सुब्बा श्रेष्ठ, सचिबमा छबि बहादुर कुँवर, सहसचिबमा प्रकाश न्यौपाने र सदस्यहरुमा शिव बहादुर पुन मगर, मकर बहादुर आले मगर , सुबाश भण्डारी,सन्जय भण्डारी , धीरज कुमार जयसवाल ,तिल बहादुर रसाइली, सञ्जय आले मगर , पोष बहादुर ठाडामगरलाई चयन गरेकोछ । बाँकी तीन सदस्य कार्यसमितिले चयन गर्नेछ ।

सो भेलामा मंचका अन्तरराष्ट्रिय कमिटी सचिव  हेम शेर्पा, युरोप इंचार्ज भक्त वाग्ले, सदस्यहरु गोबिन्द पौडेल, सरस्वती केसी, सन्तोष भट्टराई, सुरेन्द्र थपालिया , कल्पना त्रिपाठी लगायत स्थानीय नेपालीहरुको उपस्थिती रहेको थियो ।

नबगठित कार्यसमितिलाई भेलाका प्रमुख अतिथि हेम शेर्पाले सपथ ग्रहण गराउनु भएको थियो भने युरोप कमिटीका सचिब सालिक थपलियाले पार्टिको निती अनुरुप इमान्दारिता पूर्वक संगठनको काम गर्न निर्देशन दिनु  भएको थियो । अन्य अतिथिहरुले पनि नब गठित समितिलाई शुभकामना दिनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.