चोरि भएका करीब आठ सय बर्ष पुराना कलाक्रिति नेपाल फर्काइदै ,

0

नेपालबाट चोरि भएर युरोप पुगेका एघारौ र बाह्रौ सताब्दिमा बनेका पुरातात्विक कलाक्रितिहरु नेपालले फिर्ता पाएकोछ । नेपालका ऐतिहासिक कालाक्रिति इटुम्बहालको तुडाल र शिबोधर्मोत्तरम शास्त्र गाताचित्र, आर्ट रिकोभरी इन्टरन्यासनलका प्रमुख क्रिस्टोफर म्यारिनेलोले बेनेलक्स एबम युरोपियन युनियनका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारीलाई नेपाली दुताबास ब्रसेल्समा हस्तान्तरण गर्नु भएकोछ  ।

सन १९७० को दशकमा हराएका कलाक्रितीहरु नेपालको सम्पदा संरक्षणमा जुटेका अभियन्ताहरुको पहलमा आर्ट रिकोभरी इन्टरन्यासनलका संस्थापक म्यारिनेलोको सहजिकरणमा नेपालले पुन:प्राप्त गरेको हो । विश्वका चोरि भएका र हराएका बहुमुल्य सम्पदाको खोज र तिनको पुनर्स्थापनामा ३५  बर्ष देखि सकृय इटालियन अमेरिकन अधिबक्ता म्यारिलेनोलाई नेपालका यी बहुमुल्य सम्पदाहरु कुनै अज्ञात क्रेताले आफ्नो परिचय नखुलाउने गरि दिएको नेपाली सम्पदा पुन:प्राप्ति अभियानमा सकृय अधिबक्ता सञ्जय अधिकारीले बताउनु भएकोछ ।

नेपालका महत्वपूर्ण सम्पदा पुन:प्राप्ती पछि बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारीले यस अभियानमा सकृय पुरातत्वबिद, पहलकर्ता र शहजकर्ता अभियन्ताहरुलाई दुताबास र नेपाल सरकारको तर्फबाट धन्यबाद ज्ञापन गर्नु भएकोछ ।

नेपालको राष्ट्रिय अभिलेखालयमा अभिलेख रहेका तर भौतिक रुपमा नरहेका वा चोरि भएका सम्पदाको खोजीमा लागेका नेपाली सम्पदा संरक्षण अभियन्तiहरुको निरन्तर पहल र आर्ट रिकोभरी इन्टरन्यासनलको सहजिकरणमा करीब आठ सय बर्ष पुराना नेपाली कलाक्रिति नेपाल फर्काउन सफलता मिलेको हो । यी कलाकृति यथासिघ्र यथास्थानमा पुनर्स्थापना गरिने यस् अभियान सकृय अभियन्ताहरुले बाटएकाछन ।

Leave A Reply

Your email address will not be published.