लोक दहाल “भरतपुर भ्रमण वर्ष २०२४” मूल समारोह समितिको सदस्यमा मनोनित

0

काठमाडौँ – गैर आवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष लोक दहाललाई “भरतपुर भ्रमण वर्ष २०२४” मूल समारोह समितिको सदस्यमा मनोनयन गरिएको छ।

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले उनलाई उक्त पदमा मनोनयन गरेकी हुन्।

भरतपुर महानगरपालिकालाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा देश भित्र र अन्तरराष्ट्रिय क्षेत्रमा समेत पहिचान गराउने मूल उद्देश्यले “भरतपुर भ्रमण वर्ष २०२४” आयोजना गर्न लागिएको महानगर पालिकाले जानेको छ।

आफुलाई मूल समारोह समितिको सदस्यमा मनोनयन गरिएकोमा दहालले धन्यवाद ज्ञापन गरेका छन्।

उनले विविध सभ्यता, संस्कृति र सम्पदामा धनी भरतपुर महानगरपालिकाको पर्यटन प्रबर्द्धन गर्न व्यक्तिगत र संस्थागत रुपमा आफुले सक्दो प्रयास गर्ने पनि बताए।

No description available.

हाल बेल्जियममा बसोबास गरिरहेका दहाल एक सफल व्यवसायी हुन्। उनले नेपालमा आतिथेय क्षेत्रमा लगानी गरी थुप्रै रोजगारी पनि सिर्जना गरेका छन्।

हाल आरके शर्मा नेतृत्वको गैर आवासीय नेपाली संघमा सचिव रहेका लोक दहालले सन् २०२१ मा बेल्जियममा बसोबास गर्ने व्यवसायी तथा समाजसेवीहरुको चितवन भ्रमणको संयोजन पनि गरेका थिए।

Leave A Reply

Your email address will not be published.