नेपाली ब्यबसायी संघ बेल्जियम र एफआवेवेको सहकार्यमा नेपाली ब्यबसायीहरुलाई खाद्य सुरक्षा तालिम,

0

नेपाली ब्यबसायी संघ बेल्जियमले बेल्जियमको खाद्य सुरक्षा सम्बन्धि सरकारी निकाय एफआवेवेको सहकार्यमा यहाँ होटेल रेस्टुरेन्ट, क्याफे, खाद्य सामाग्री पसल संचालन गरिरहेका आफ्ना सदस्यहरुका लागि खाद्य सुरक्षा सम्बन्धि तालिम सम्पन्न गरेकोछ । फेब्रुवरी १९ तारिख लुभेनमा भएको तालिममा २९ जना क्याटरिङ्ग ब्यबसायीहरुले सो तालिम लिनु भएकोछ  ।

स्थानीय भाषामा दक्षताको कमि र अन्य कानुनी प्रकृयाको ज्ञान नभएर सरकारी मापदन्ड पुरा गर्न नसक्दा खाना सम्बन्धि ब्यवसाय गर्ने नेपालीहरुले जरिवाना तिर्नु पर्ने र ब्यवसायनै बन्द गर्नु पर्ने सम्मका समस्या झेल्दै आएकाले त्यसखाले समस्याको निराकरणका लागि तालिम आयोजना गरिएको संघका सचिब एबम तालिम संयोजक बाबुराम शर्माले बताउनु भएकोछ ।

केही महिना अघि नेबाबको टोलिले यस तालिमका लागि एफआवेवेलाई संस्थागत अनुरोध गरेको थियो । नियम कानुनको प्रयाप्त ज्ञान नभएर नेपाली ब्यबसायिहरु समस्यामा पर्ने गरेको जानकारी गराउदै सहयोगका लागि अनुरोध गरेकोमा कोरोना महामारी पछि प्रत्यक्ष दिन बन्द गरेको तालिम दिन एफआवेवे सहमत भएको थियो ।

सोहि अनुसार बेल्जियमका बिभिन्न क्षेत्रमा नेपाली ब्यबसायिहरुका लागि खाद्य सुरक्षा सम्बन्धि तालिम आयोजना गरिने भएको हो । आज लुभेनमा पहिलो चरणको तालिम सम्पन्न भएकोछ भने आगामी महिना एन्टवेरपेनमा तालिम आयोजना गरिने संघका महासचिब जगदिश सापकोटाले जानकारी गराउनु भएकोछ ।

एफआवेवेका खाद्य सुरक्षा सम्बन्धि प्रशिक्षक द्वय कुन द रोभर र स्त्यान हेरमान्सले ग्राहकलाई बेच्ने सामाग्रीलाई ताजा र स्वास्थ्यमैत्री बनाइ राख्न अबलम्बन गर्नु पर्ने ट्र्याकिङ सिस्टम, तापक्रम, समय र मितिको ज्ञान, किटानु फैलाउने तत्वलाई नियन्त्रण गर्ने बिधि, ग्राहक बिशेषलाई हुने एलर्जी बारेको ज्ञान लगायतका बिषयमा जानकारी दिनु भएको थियो ।

तालिम पछि सहभागिहरुलाई एफआवेवेले जारी गरेको प्रमाणपत्र बितरण गरिएको थियो ।

सो प्रमाणपत्र प्राप्त गरेको ब्यक्तिलाई खाना आउने ग्राहक र सरकारी निकायले पनि विश्वाश गर्ने भएकोले नेपाली ब्यबासायिहरुलाई फाईदा हुने विश्वास लिएको नेपाली ब्यबसायी संघका अध्यक्ष चिरनकुमार खवासले बताउनु भएकोछ ।

Leave A Reply

Your email address will not be published.