नेपालको लागि ‘एडब्लुएस ट्रेनिङ पार्टनर’ को रूपमा छानियो जेनेस एकेडेमी

0

काठमाडौं । सूचना प्रविधि सम्बन्धी प्रशिक्षण दिने संस्था जेनेस एकेडेमी नेपालको लागि एकमात्र ‘एडब्लुएस ट्रेनिङ पार्टनर’ को रुपमा छनोट भएको छ । बेलायतमा मुख्यालय रहेको सेवा प्रदायक परामर्शदाता कम्पनी, जेनेस सलुशनको शैक्षिक इकाईको रूपमा रहेको जेनेस एकेडेमीले अब नेपालमा अमेजन वेब सर्भिसेज (एडब्लुएस) को ट्रेनिङ तथा मान्यताप्राप्त ‘सर्टिफिकेशन कार्यक्रम’ हरू सञ्चालन गर्न अनुमति पाएको हो ।

आफ्नो स्थापना भएदेखि नै जेनेस एकेडेमीले नेपालको प्राविधिक क्षेत्रमा उच्च गुणस्तरको प्रशिक्षण तथा सीप विकास कार्यशालाहरू आयोजना गर्ने संस्थाको रूपमा पहिचान बनाएको छ ।
विश्वमै कहलिएका साझेदारहरूसँगको सहकार्यद्वारा एकेडेमीले ‘टेक इकोसिस्टम’ भित्र युवाहरूलाई प्रशिक्षण दिनुको साथै उनीहरूको सीप विकासमा सघाउने लक्ष लिएको छ ।

‘हामीले स्थापनाकाल देखि नै पठनपाठनको परम्परागत शैलीमा क्रान्तिकारी परिवर्तन ल्याउने प्रयास गरेका छौँ’ जेनेस एकेडेमीकी सञ्चालन कार्यकारी आस्था शर्माले भनिन् । ‘यसभन्दा पहिले पनि हामीले नेपालमै पहिलो पटक अमेजन एकेडेमीको विश्वस्तको पाठ्यक्रम नेपाली विद्यार्थीहरूलाई उपलब्ध गराएर महत्त्वपूर्ण उपलब्धि हासिल गरेका थियौँ ।’

‘नेपालमा औपाचारिक रुपमा ‘एडब्लुएस ट्रेनिङ पार्टनर’ कार्यक्रम सुरु हुने जेनेस एकेडेमीको लागि मात्रै नभएर नेपालकै लागि महत्वपूर्ण कोशे ढुंगा हो । अमेजनसँगको साझेदारीले हाम्रो प्रतिवद्धता थप बलियो बनेको छ । हामी युवारुलाई उच्च गुणस्तरको प्रशिक्षण र तीव्र गतिमा विकास भइरहेको प्रविधिको क्षेत्रमा आवश्यक सीपहरु प्रदान गर्न लागि परेका छौं ।’ शर्माले भनिन् ।

जेनेस एकेडेमीले यो साझेदारीले इच्छुक विद्यार्थीहरू र सूचना प्रविधिको क्षेत्रमा कार्यरत कम्पनीहरूलाई एउटै छातामुनि ल्याउने एकेडेमीको भनाइ छ । यो नयाँ प्रविधिद्वारा आफ्नो सीप विकास गर्न चाहने जोसुकै प्रशिक्षणमा सहभागी हुन सक्ने एकेडेमीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.