कोरियामा सम्पन्न ग्लोबल स्पोर्टस टुरिज्म मेलामा अन्तरराष्ट्रिय पर्बत समाजले गर्यो खेलकुद सम्झौता,

0

दक्षिण कोरियाको राजधानी सियोलमा सम्पन्न ‘स्पोर्टस ग्लोबल टुरिजम २०२४’ गोष्ठीमा अन्तरास्ट्रिय स्तरमा नेपालका युवा खेलाडीको वृत्ति विकासको लागि अन्तरास्ट्रिय पर्बत समाज लगायतका संस्थाहरुले आर्थिक,भौतिक र नैतिक सहयोग र सहकार्यको गर्ने भएका छन ।

अन्तरराष्ट्रिय पर्बत समाजका साथै ग्लोबल एनआरएन फाण्डेसन, नेपाल खेलकुद अनुसन्धान प्रबर्धन प्रतिष्ठान र कोरियाको ग्योङसान खुटबल संघ बिच खेलकुदको बिकासका लागि सहकार्य गर्ने सम्झौता भएकोछ। सम्झौतामा अन्तर्राष्ट्रिय पर्वत समाजका उपाध्यक्ष संगीता कार्की, ग्लोबल एनआरएन फाण्डेसनका अध्यक्ष विनोद कुँवर र नेपाल खेलकुद अनुसन्धान प्रबर्धन प्रतिष्ठानका प्राध्यापक केशव थापा एबम कोरियाको ग्योङसान फुटबल संघका उपाध्यक्ष काङ योङ–होले हस्ताक्षर गर्नु भएको छ।

उपाध्यक्ष कार्कीले समाजको 2023-2025 को प्रथम बैठकबाट पर्बत जिल्लामा खेलकुद क्षेत्रमा सहयोग एबम सहकार्य गर्ने भनि निर्णय भए बमोजिम प्रतिभावान खेलाडीहरुको छनोट गरि उनीहरुलाइ प्रशिक्षण दिने बिभिन्न चरणमा खेलकुद प्रतियोगिता आयोजना गर्ने लगायतका कार्ययोजना रहेका छन भन्दै नेपाली खेलाडीहरुलाई अन्तरास्ट्रिय स्तरको प्रशिक्षण, व्यक्तित्व बिकासमा यस सम्झौताले कोशेढुंगाको काम गर्ने विश्वास ब्यक्त गर्नु भयो।

साथै आगामी दिनमा पनि अन्तरास्ट्रिय पर्बत समाज र आफुले नेपालको सामाजिक विकास र मानबीय कामका लागि बिभिन्न क्षेत्रमा सहकार्य र सहयोगको पहल गरिरहने बताउनुभयो।

कोरियाको राजधानी सोउलमा हालै सम्पन्न एक ‘स्पोर्टस ग्लोबल टुरिजम २०२४’ गोष्ठीमा नेपाल मोनोरेल सहित सातवटा सम्झौता भएका थिए ।
नेपालमा मनोरेल स्थापनाका सन्दर्भमा पनि नेपाल मोनोरेल केएमई ट्राभल प्रालिकी निर्देशक संगीता कार्की र दक्षिण कोरियाको डेलिम मोनोरलका प्रमुख कार्यकारी अधिकृत सेओङ बू–सियोप बिच सम्झौतापत्रमा हस्ताक्षर भएकोछ।

उपाध्यक्ष संगीता कार्कीको संयोजकत्वमा सम्पन्न ‘स्पोर्टस ग्लोबल टुरिजम २०२४’ गोष्ठीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठाकुरीकोको प्रमुख अतिथ्य रहेको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्ड र परराष्ट्र मन्त्री नारायण प्रकाश साउद लगायतले शुभकामना सन्देश पठाउनु भएको थियो।

सामाजिक र मानबीय क्षेत्रमा, अन्तरराष्ट्रिय पर्बत समाजले गर्दै आएको सहयोगलाई निरन्तरता दिदै उपाध्यक्ष संगीता कार्कीको संयोजकत्वमा पर्बतमा निकट भबिष्यमा पालिका स्तरीय निशुल्क स्वास्थ्य शिबिर हुने जानकारी पनि दिईएकोछ ।

Leave A Reply

Your email address will not be published.