एनआरएनए बेल्जियमद्वारा हमास इजरायल युद्धमा मारिएका नेपाली विद्यार्थीका परिवारलाई सहयोग हस्तान्तरण ,

0

गैर आवासीय नेपाली संघ बेल्जियमले इजरायल घटनामा ज्यान गुमाएका नेपाली विद्यार्थीका परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेकोछ ।

इजरायल र हमास बिचको युद्धमा ज्यान गुमाएका दश जना विद्यार्थीका परिवारलाई प्रति परिवार ५० हजारका दरले ५ लाख आर्थिक सहयोग गरेका हस्तान्तरण गरिएको हो । सुदूरपश्चिम विश्व विद्यालय कृषि संकायका डिन डा. विष्णु बिलास अधिकारीले एक कार्यक्रमका बिच सहयोग रकम प्रदान गरेका छन ।

रकम प्रदान गर्दै डिन अधिकारीले बेल्जियममा बस्दै आएका नेपालीहरुलाई आर्थिक सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका छन । उनले परदेशमा बसेर देशबासिले भोगेको दुःखमा सम्झिएकोमा आभार व्यक्त गरे ।

उनले आर्थिक सहयोग रकमले मृतक विद्यार्थीहरुका परिवारलाई थोरै भएपनि सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन ।

उक्त युद्धमा ज्यान गुमाएका मध्ये कैलालीको घोडाघोडी नगरपालिकाका नारायण प्रसाद न्यौपाने र जोशीपुर गाउँपालिकाका आशिष चौधरीका आफन्तलाई रकम प्रदान गरेका छन । न्यौपानेका बुवा हरिकृष्ण न्यौपाने र चौधरीका बुवा बेझुलाल डगौराले रकम बुझेका छन । अन्य विद्यार्थीहरुका परिवारलाई बैंक मार्फत रकम प्रदान गरिएको छ । उनीहरुलाई आउन जान समस्या हुने भएकाले विश्वबिद्यालयले बैंक मार्फत रकम प्रदान गरेकोछ ।

म्रितक विद्यार्थीहरुका परिवारलाई रकम हस्तान्तरण गर्नका नेपाल पत्रकार महासंघ सुदुरपष्चिमका सभापती योगेश रावलले सहजिकरण गर्नु भएको थियो ।

गैर आबासीय नेपाली संघ बेल्जियमका अध्यक्ष सीता सापकोटाले यस पुन्य कर्ममा आर्थिक सहयोग गर्ने बेल्जियमको नेपाली समाज, पत्रकार योगेश रावल, ओम शर्मा, सुदुर पश्चिम विश्वबिद्यालयका डिन डा अधिकारी लगायत विश्वबिद्यालय परिवार र सम्बन्धित सबैमा धन्यबाद ज्ञापन गर्नु भएकोछ ।

संघका कोषाध्यक्ष अजीत तुलाचनले संघले आयोजना गरेको सांस्कृतिक कार्यक्रमकै अघिल्लो दिन नेपाली विद्यार्थीहरुको इजरायलमा मृत्‍यु भएकोले सो कार्यक्रमबाट बचत् भएको रकममा केही रकम थप गरी सम्बन्धित परिवारलाई सहयोग गरेको जानकारी दिनु भएकोछ ।

‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तरगत इजरायल गएका टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका दश जना विद्यार्थीको हमासको आक्रमणमा परेर असोज २० गते ज्यान गएको थियो ।

ज्यान जानेमा कैलालीका न्यौपाने र चौधरी सहित बझाङका गणेशकुमार नेपाली, डोटीका पदम थापा, डोटीकै राजन फूलारा, दार्चुलाका लोकेन्द्रसिँह धामी, दार्चुलाकै दिपेशराज बिष्ट, सल्यानका प्रवेश भण्डारी, सुनसरीका राजेशकुमार स्वर्णकार र धनुषाका आनन्द साह रहेका छन ।

सोही कार्यक्रममा उनीहरु सहित विश्वविद्यालयबाट ४९ जना विद्यार्थी गएका थिए । ती मध्ये कञ्चनपुरका विपिन जोशी अहिलेसम्म बेपत्ता छन ।

Leave A Reply

Your email address will not be published.